काठमाडौँ, आइतबार, ५ पौष २०७७ । अन्नपूर्ण सुगर मिलले उखु किसानको बक्योदा रकम भुक्तानी गर्न सुरु गर्ने भएको छ । कम्पनीले एक प्रेस विज्ञप्तिमार्फत आइतबारदेखि नै किसानलाई भुक्तानी गर्न बाँकी रहेको रकम भुक्तानी गर्न सुरु गर्ने जनकारी दिएको छ ।
कम्पनीले पछिल्लो एक वर्षको अवधिमा १८ करोड रुपैयाँ किसानलाई भुक्तानी गरिसकेको पनि जानकारी दिएको छ । बाँकी रकम आइतबारदेखि दैनिक एक करोडका दरले किसानको खातामा जम्मा गरिदिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
यस कम्पनीले १७ करोड रुपैयाँ किसानलाई भुक्तानी गर्न बाँकी छ ।








































