Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५८:०४ बिहान
- ADVERTISEMENT -

सिडेनको अध्यक्षमा थापा र थानीबीच प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

प्रकाशित मिति: २०७७ पुस ३, शुक्रबार

522
Shares

काठमाडौं, शुक्रबार, ३ पौष २०७७ । लोकतन्त्रवादी इञ्जिनीयरहरुको साझा संस्था (सिडेन) को निर्वाचनमा अध्यक्ष पदमा ध्रुव थापा र उमेशप्रसाद थानी आ–आफ्नो प्यानलसहित निर्वाचनमा होमिएका छन् । सिडेनको छैटौँ कार्यकारिणी समितिको शनिबार हुने निर्वाचनमा दुवै पक्षले आ–आफ्नो प्यानलसहित विजय हुने दाबीसमेत गरेका छन् ।

कार्यकारिणी समितिका लागि अध्यक्षसहित पाँच पदाधिकारी र १३ सदस्यका लागि निर्वाचन हुने प्रमुख निर्वाचन अधिकृत देवराज निरौलाले जानकारी दिए । कार्यकारिणी समितिमा समेत प्रतिनिधित्व गर्ने सात प्रदेशका प्रमुखको भने यसअघि नै निर्वाचन भइसकेको छ । शनिबार बिहान ९ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म हुने निर्वाचनमा काठमाडौँमा तीन हजार ९६ र सात प्रदेशका विभिन्न स्थानमा ५२७ गरी देशभरका तीन हजार ६२३ प्रतिनिधिले मतदान गर्ने उनले बताए ।

अध्यक्ष पदका प्रत्यासी थानीले आफू करियरको शुरुआतदेखि नै लोकतन्त्रप्रति समर्पित र सक्रिय रहंँदै आएको उल्लेख गर्दै युवा नेतृत्वका साथ निर्वाचनमा होमिएको बताए । साथै उनले आफूले इञ्जिनीयरिङ शिक्षाको गुणस्तर वृद्धि, सिडेनमा आवश्यक सुधार तथा सङ्गठनात्मक सुदृढीकरण गर्ने, संस्थागत सुशासन तथा पारदर्शीता कायम गर्ने इञ्जिनीयरहरुको हकहितका लागि हरसम्भव प्रयत्न गर्ने, नयाँ प्रविधिको आविष्कार र अनुसन्धानलाई प्रोत्साहन गर्नेलगायतका मुद्दा अघि सारेको जानकारी गराए ।

यसैगरी अध्यक्ष पदका अर्का प्रत्यासी थापाले समस्त इञ्जिनीयरको हकहित तथा पेशागत विकासका लागि काम गर्ने चाहनाअनुरुप सबै कोणबाट समावेशी र सन्तुलित समूहका साथ निर्वाचनमा होमिएको बताए । उनले युवा इञ्जिनीयरको व्यवस्थापन (तालीम, रोजगारी, जागीर बैंकको स्थापना आदि), सिडेनको संस्थागत विकास, इञ्जिनीयरिङ स्रोत केन्द्रको स्थापना नेपाल इञ्जिनीयरिङ एसोसिएसनको आगामीे चुनावमा लोकतान्त्रिक समूहको जितलगायतका मुद्दा अघि सारेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -