Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५६:०९ बिहान
- ADVERTISEMENT -

नेपाली सेनाका अधिकृतले बेलायतमा पहिलोपटक पाए ‘अन्तर्राष्ट्रिय अवार्ड’

प्रकाशित मिति: २०७७ मंसिर २८, आइतबार

598
Shares

युके, आइतबार, २८ मङ्सिर २०७७ । बेलायतमा नेपाली सेनाका एक अधिकृतले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन् । नेपाली सेनाका सेकेन्ड लेफ्टीनेन्ट २१ वर्षीय पिटर थापाले बेलायतको स्याण्डहस्टस्थित रोयल मिलिट्री एकेडेमीमा प्रशिक्षणका क्रममा उत्कृष्ट प्रदर्शन वापत ‘इन्टरनेशनल सोर्ड अफ अनर’ नामक अवार्ड पाएका हुन् ।

२० वर्षयता नेपाली क्याडेटले उक्त अवार्ड पाएको पहिलो अवसर रहेको बताइएको छ । विभिन्न मुलुकका ३३ क्याडेटहरुबीच ४४ साताको प्रशिक्षण समापनका क्रममा थापालाई शुक्रबार सो अवार्ड दिइएको हो । बेलायती महारानीको प्रतिनिधित्व गर्दै आएका जनरल सर प्याट्रिक स्याण्डर्सले सोभरिन परेडका क्रममा उक्त अवार्ड प्रदान गरे ।

यससंगै थापाले प्लाटुन कमाण्डर पास समेत पाएका छन् । ब्रिटिश अफिसर क्याडेटलाई तालिम दिन योग्य उक्त ‘इन्सट्रक्टर पास’ नेपाललाई पहिलो पटक दिइएको थापाले बताए ।

थापा कुनै पनि बेला यहां आएर स्याण्डहस्टस्थित रोयल मिलिट्री एकेडेमीमा ब्रिटिश क्याडेटलाई २ वर्षसम्म प्रशिक्षण दिन सक्ने बेलायतस्थित अनलाइन नेपाली लिंकले लेखेको छ । ‘

यो मेरो मात्र भन्दा पनि नेपाली सेना र नेपालका लागि नै गर्वको कुरा हो’ अवार्ड पाएपछि थापाले भने, ‘यसले देश र जनताको रक्षार्थ नेपाली सेनामा थप जिम्मेवार भएर लाग्न प्रेरित गरेको छ ।’

थापा बेलायती सेनाको एउटा मात्र कोटामा छानिएर तालिममा आउन सफल भएका थिए ।

२ वर्ष अघिमात्र नेपाली सेनामा भर्ती भएका धादिङ त्रिपुरा सुन्दरी नगरपालिका निवासी थापाले वर्ष दिनको कोर्षमा आफ्नो क्षमता अभिवृद्धि, बेलायती सेनाको कार्यशैली र रणनीति बुझ्ने अवसर एवं विभिन्न देशका सैनिकहरुसंगको अन्तरक्रियाले अन्तर्राष्ट्रिय सम्बन्धबारे धेरै ज्ञान हासिल गर्न पाएको बताए ।

थापा आगामी जनवरीदेखि ब्रेकनमा हुने तीन महिने प्लाटुन कमाण्डर ब्याटल कोर्समा सहभागी हुनेछन् ।

कोर्स समापनको विशेष समारोहमा लन्डनस्थित राजदूत डा. दुर्गाबहादुर सुवेदी लगायत अन्य कर्मचारी पनि उपस्थित थिए । सो अवसरमा युएइका क्राउन प्रिन्स शेख मोहम्मद वीन जाइद लगायत सेनाका उपल्लो दर्जाका अधिकृत र कूटनीतिज्ञहरु समेत सहभागी थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -