Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५८:२३ बिहान
- ADVERTISEMENT -

सरकारको अक्षमताको भारी नागरिकमाथि ? गृहमन्त्रीज्यू यो कसको र कस्तो उटपट्याङ हो?’ : नेता थापा

प्रकाशित मिति: २०७७ मंसिर २६, शुक्रबार

484
Shares

काठमाडौं, शुक्रबार, २६ मङ्सिर २०७७ । सरकारले भिजिट भिसामा विदेश जाने नागरिकले अंग्रेजी भाषा अनिवार्य जानेको हुनुपर्ने नियम ल्याएकोमा कांग्रेस नेता गगनकुमार थापाले रोष प्रकट गरेका छन् ।

सरकारले भिजिट भिसासम्बन्धी कडा प्रावधान राखेर अध्यागमन कार्यविधि संशोधन गर्ने भएपछि कांग्रेस सांसदसमेत रहेका थापाले यसबारे गृहमन्त्री रामबहादुर थापा बादललाई प्रश्‍न गरेका हुन् ।

नेता थापाले भिजिट भिसाको नाममा हुने अनुचित काममा संलग्‍नलाई कारवाही गर्नुपर्नेमा अन्य नागरिकसँग शैक्षिक प्रमाणपत्र र अंग्रेजीको दक्षता खोजिनु बिल्कुलै गलत कदम भएको बताएका छन् ।

‘भिजिट भिसाको नाममा हुने अनुचित काममा संलग्‍नलाई कारबाही नगर्ने अनि भ्रमणका लागि शैक्षिक प्रमाणपत्र र अंग्रेजी जान्‍नुपर्ने बनाएर नागरिकको खिसी गर्न खोजेको?’, उनले सोधेका छन्, ‘अंग्रेजी नजान्‍ने नागरिक नै होइन? नेपाल सरकारको अक्षमताको भारी नागरिकमाथि? गृहमन्त्रीज्यू यो कसको र कस्तो उटपट्याङ हो?’

भिजिट भिसाका नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मानव तस्करहरुले युवालाई अवैधरुपमा विदेश पठाइरहेपछि सरकारले कडाइ गर्न थालेको हो। त्यसकै लागि सरकारले शैक्षिक योग्यता र अंग्रेजीको दक्षतासम्बन्धी प्रावधान राख्‍न लागेको थियो।

सरकारले वैदेशिक रोजगार व्यवसायी र ट्राभल एजेन्सीसँगै श्रम र अध्यागमन विभागका कर्मचारीको मिलेमतोमा भिजिट भिसाकै प्रयोग गरेर मानव तस्करी भइरहेको ठहर गरेर यस्तो कदम चाल्न लागेको थियो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -