Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:३३:५७ बिहान
- ADVERTISEMENT -

७२ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा शुभकामना : नेता पौडेलद्वारा सहकार्यका लागि आह्वान

प्रकाशित मिति: २०७७ मंसिर २५, बिहीबार

659
Shares

काठमाडौँ, बिहिबार, २५ मङ्सिर २०७७ । आज ७२ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस (१० डिसेम्बर) का अवसरमा नेता रामचन्द्र पौडेल सबैमा शुभकामना व्यक्त गर्नु भएको छ ।

बिज्ञप्ति

सन् १९४८ डिसेम्बर १० का दिन संयुक्त राष्ट्रसंघ महासभाले मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको थियो । भय र अभावबाट मुक्तिको उपभोग गर्न पाउने विश्वको सिर्जनाका लागि प्रतिपादित मानव अधिकारको विश्वव्यापी घोषणापत्रमा निहित अधिकारहरुको संरक्षण र प्रवद्र्धन अत्यन्त आवश्यक छ ।

मानव अधिकारको विश्व्यापी घोषणापत्रले नागरिक तथा राजनीतिक अधिकारका साथसाथै आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षणका लागि लिपिवद्ध गरेका धाराहरुमा आधारित रही संयुक्त राष्ट्रसंघको पहलमा दर्जनौ प्रतिज्ञापत्र/महासन्धिहरु जारी भइसकेका छन् जुन अन्तराष्ट्रिय मानव अधिकार कानुनको रुपमा पनि चिनिन्छन् ।

२०१७ सालमा नेपाली नागरिकको राजनीतिक स्वतन्त्रताको अपहरण पश्चात मानव अधिकार दिवस मनाउँदा समेत अनेकौ कठिनाइको सामना गर्नुपर्थ्यो । आज नेपालमा त्यो स्थिति नभएता पनि सत्ताको स्वेच्छाचारी एवं सर्वसत्तावादी चरित्रका कारण अनेकौ प्रश्न खडा हुन थालेको छ । एकातिर झण्डै दुई तिहाइको नेकपाको सरकारले मानव अधिकारको विश्वव्यापी घोषणापत्रद्वारा निर्दिष्ट नागरिकको राजनीतिक स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी केही विधेयकहरु अघि सारेको छ त अर्कोतिर नेकपाको कुशासनका कारण नागरिकका आर्थिक सामाजिक अधिकारहरु ओझेलमा पर्न थालेका छन् ।

एकातिर कुशासन र अव्यवस्थाका कारण नागरिकहरुमा आक्रोश बढ्न थालेको देखिन्छ अर्कोतिर इतिहासले विदा गरिसकेका असान्दर्भिक एवं प्रतिगामी मान्यता र चरित्रहरुले टाउको उठाउन थालेका छन् जसका कारण नागरिकले ठूलो त्याग र संघर्ष पश्चात हासिल गरेको उपलब्धीहरुमाथि ग्रहण लाग्न थालेको हो कि भन्ने चिन्ताले सताउन थालेको छ ।

यो परिस्थितिमा नेपाली नागरिकको अधिकारको रक्षाका लागि वर्तमान सर्वसत्तावादी चरित्र विरुद्ध शान्तिपूर्ण तवरले दृढताका साथ उभिनु र प्रतिगमनको कुनै पनि संभावनालाई निस्तेज पार्ने दोहोरो दायित्व सबै लोकतन्त्र र अधिकारवादीहरुमा आएको छ । यो अवस्थामा विगततर्फ फर्कने होइन, लोकतन्त्र, मानव अधिकार र स्वतन्त्रता सुदृढ र सुनिश्चित गर्दै भविष्यको यात्रा तय गर्नुपर्छ र यसका लागि सबै लोकतन्त्र, शान्ति र अधिकारवादीहरुलाई सहकार्य गर्न म आह्वान गर्दछु ।

नेपाली नागरिकको मानव अधिकार रक्षाका लागि म र मेरो पार्टी नेपाली कांग्रेस हिजो पनि प्रतिवद्ध थियो, आज पनि छ र मेरो सारा उर्जा नागरिकको मानव अधिकार र आधारभूत स्वतन्त्रताको संरक्षणमा सदैव खपत हुने विश्वास पनि दिलाउन चाहान्छु ।

रामचन्द्र पौडेल
काठमाडौँ ,
२५ मङ्सिर २०७७

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -