Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:१५:५२ बिहान
- ADVERTISEMENT -

अमेरिकाको शिक्षक सङ्गठनकी पूर्वप्रमुखलाई शिक्षामन्त्री बनाउने तयारी

प्रकाशित मिति: २०७७ मंसिर २५, बिहीबार

642
Shares

अमेरिका, बिहिबार, २५ मङ्सिर २०७७ । अमेरिकाको नयाँ शिक्षामन्त्रीका रूपमा मुलुकको सबैभन्दा ठूलो शिक्षक सङ्गठनकी पूर्वप्रमुखलाई नियुक्त गर्ने तयारी गरिएको छ ।

राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनले राष्ट्रिय शिक्षा सङ्घकी अध्यक्ष लिली एस्केल्सेन जर्कियालाई आफ्नो मन्त्रिपरिषद्मा शिक्षा मन्त्रालयको जिम्मेवारी दिन लाग्नुभएको हो ।

उहाँ गत सेप्टेम्बरसम्म पनि सो सङ्गठनको प्रमुखका रूपमा क्रियाशील हुनुहुन्थ्यो । निर्वाचनका बेला उहाँले वाइडेनलाई विशेष सहयोग गर्नुभएको थियो । उहाँका कारणले बाइडेनलाई पूर्व शिक्षामन्त्री तथा सिनेटको शिक्षा समितिको अध्यक्ष भएका लामर एलेक्जन्डरलगायत धेरैको भोट आएको विश्वास पनि गर्ने गरिएको छ ।

आफूलाई शिक्षामन्त्रीमा नियुक्त गर्न लागिएको बारेमा भने उहाँले अहिलेसम्म कुनै प्रतिक्रिया नदिनु भएको समाचारमा जनाइएको छ ।

शिक्षा क्षेत्रका बारेमा धेरै ज्ञान भएको र सम्बन्ध पनि धेरै तिर राम्रो भएकाले उहाँलाई शिक्षामन्त्री बनाउन उपयुक्त हुने सुझावहरू बाइडेनलाई आएको जनाइएको छ ।

भावी राष्ट्रपति बाइडेनले पनि उहाँलाई शिक्षामन्त्री नियुक्तिका लागि पार्टीमा प्रस्ताव राख्नुभएको अधिकारीहरूले जानकारी दिएका छन् ।

“उहाँको अनुभव, कार्यक्षमता, योगदान, राजनीतिक सम्पर्क तथा पहुँचलगायतका कारणले उहाँलाई शिक्षामन्त्रीमा नियुक्त गरेमा शिक्षा क्षेत्रमा राम्रो काम हुनसक्ने देखिन्छ,” २३ जनाले हस्ताक्षर गरेर सिफारिस गरेको पत्रमा उल्लेख गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -