काठमाडौँ, सोमबार, २२ मङ्सिर २०७७ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘सरुवा बोर्ड’ गठन गरेको छ । मन्त्रालयबाट हुने अनलाइन सरुवा र समायोजन मिलान सम्बन्धी कार्यलाई थप प्रभावकारी बनाउन भन्दै मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा चार सदस्यीय सरुवा बोर्ड गठन गरिएको हो ।
हरेक महिनाको २५ गतेसम्म जम्मा भएका निवेदनहरुलाई २६ औँ दिनमा बोर्डमा छलफल गरी सरुवा, समायोजन मिलान तथा जिम्मेवारी तोक्ने गरी मन्त्री स्तरीय निर्णयबाट बोर्ड गठन भएको मन्त्रालयले जनाएको छ ।
प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा गठित बोर्डमा मन्त्रालयकै सहसचिवद्वय सङ्गठन विकास महाशाखा प्रमुख र प्रशासन सुधार तथा जनशक्ति विकास महाशाखा(समायोजन) सदस्य र सम्बन्धित शाखाको शाखा प्रमुख(उपसचिव) सदस्य सचिव रहनेछन् ।








































