Opens in a new tab
२०८३ मंसिर १, सोमबार
५:३१:२१ बिहान
- ADVERTISEMENT -

नेप्सेमा नकारात्मक सर्किट ब्रेक

प्रकाशित मिति: २०७७ मंसिर २१, आइतबार

598
Shares

काठमाडौँ, आइतबार, २१ मङ्सिर २०७७ । शेयर बजारमा नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि नेगेटिभ सर्किट लागेर निर्धारित समय अगाडि नै कारोबार बन्द भएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत शेयर धितो कर्जामा पुनरावलोकन गर्ने बताएपछि आइतबार बजारमा उच्च गिरावट देखिएको छ । यस्तै एक महिनामा ४ सय अङ्क बढीले बढेको बजारमा अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्न बिक्री चाप बढाएकाले पनि बजार ओरालो लागेको हो ।

आइतबार मात्रै नेप्से परिसूचक ६ प्रतिशत अर्थात् १ सय २३ दशमलव ३४ अङ्कले घटेर १ हजार ९ सय ३२ दशमलव ११ अङ्कमा बन्द भएको छ । नेप्सेमा याे गिरावट अहिलेसम्मकै उच्च हो । यस्तै ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ५ दशमलव ५१ प्रतिशत अर्थात् २१ दशमलव ६२ अङ्कले घटेर ३ सय ७० दशमलव ६७ अङ्कमा बन्द भएको छ । आइतबार नेप्सेमा ६ प्रतिशतको नकारात्मक सर्किट लाग्दा २ बजेर १४ मिनेटमा नै कारोबार बन्द हुन पुग्यो ।

दिनभर एक सय ९७ कम्पनीका सात अर्ब २० करोड ९१ लख ८० हजार दुई सय १३ रुपैयाँको एक करोड ५४ लाख ९० हजार ७८ कित्ता शेयर खरिद/बिक्री भएको छ । त्यस्तै कारोबार सङ्ख्या ६१ हजार आठ सय ५८ रहेको छ ।

कारोबारमा आएका सबै समूह घटेका छन् । सबैभन्दा धेरै अन्य समूह ९ दशमलव १३ प्रतिशतले घटेको छ । त्यसपछि जीवन बीमा समूह ८ दशमलव २६ प्रतिशत, उत्पादन तथा प्रशोधन ७ दशमलव ५९ प्रतिशत, व्यापार समूह ७ दशमलव ४२ प्रतिशत, लघुवित्त ७ दशमलव ०३ प्रतिशत, निर्जीवन बीमा ५ दशमलव ७४ प्रतिशत, जलविद्युत् ५ प्रतिशत, बैंकिङ ४ दशमलव ३३ प्रतिशत, होटल ४ प्रतिशत, विकास बैंक ३ दशमलव ४४ प्रतिशतले घटेका छन् ।

बजारमा सबैभन्दा धेरै कारोबार पुनर्बीमा कम्पनीको एक अर्ब १६ करोड रुपैयाँ बढीको भएको छ । बजारमा उच्च गिरावट आए पनि नौ वटा कम्पनीका शेयरधनीले कमाएका छन् । रिलायन्स फाइनान्सका शेयरधनीले २ दशमलव २९ प्रतिशतले कमाएका छन् । यस्तै हिमालयन बैंकको डिबेन्चर, कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, मन्जुश्री फाइनान्सलगायतका कम्पनीका शेयरधनीले कमाएका छन् ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले गुमाएका छन् । यस्तै पुनर्बीमा कम्पनी, सान्जेन जलविद्युत् कम्पनी, नेपाल दूरसञ्चार कम्पनी, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, हिमालयन जेनरल इन्स्योरेन्स कम्पनीलगायतका कम्पनीका शेयरधनीले पनि झण्डै १० प्रतिशतले गुमाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -