Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४४:५६ बिहान
- ADVERTISEMENT -

दक्षिण एसियाली शारीरिक सुगठनको उपाधि नेपालका उमेशलाई

प्रकाशित मिति: २०७५ मंसिर ९, आइतबार

1169
Shares

९ मङ्सिर २०७५ । प्रथम दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा नेपाल च्याम्पियन बनेको छ । नेपालका उमेश राई दक्षिण एसियाका आठवटै राष्ट्रका खेलाडीलाई पछि पार्दै च्याम्पियन बनेका हुन् । उनले ७५ केजी तौल समूहमा पहिलो स्थान हात पार्दै अन्तिम चरणको प्रतिस्पर्धाका लागि छनोट भएका थिए ।

एसियाली शारीरिक सुगठन फेडरेसनको आयोजनामा भएको च्याम्पियनसिपमा दक्षिण एसियाका आठ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । च्याम्पियनसिपको ६० केजी तौल समूहमा श्रीलंकाका राजाकुमारन पहिलो भए । यसैगरी श्रीलंकाकै कोलिन उदयकुमारन दोस्रो र नेपालका सुपेन्द्र डंगोल तेस्रो भए । ६५ केजीमा भारतका एसके आरिफ पहिलो, नेपालका रोजेन बज्राचार्य दोस्रो र श्रीलंकाका जीजीएन विक्रमले तेस्रो स्थान हात पारे ।

राष्ट्रिय सभागृहमा भएको च्याम्पियनसिपको ७० केजी तौल समूहमा नेपालका रामबहादुर दाहाल पहिलो भए । बंगलादेशका एमडी अलअमिन र मिठ्ठु चोकदरले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भए । ७५ केजीमा बंगलादेशका एमडी उदिन र अब्बु सैयदमौल्ला दोस्रो र तेस्रो भए । ८० केजीमा बंगलादेशका सुमनचन्द्र्र दासले पहिलो स्थान हात पारे । यो स्पर्धामा नेपालका अनुज मास्के र ललित धिमालले दोस्रो र तेस्रो स्थान हासिल गरे ।

यसैगरी पुरुष एक सय ७१ सेन्टिमिटर मुनिको उचाइ समूहको फिजिक्समा बंगलादेशका एमडी इमरानुल र आरिफ चौधरीले पहिलो र दोस्रो हुँदा नेपालका पारस ताम्राकारले तेस्रो स्थान हासिल गरे । पुरुष एक सय ७१ सेन्टिमिटरभन्दा माथि समूहमा नेपालका रमेश श्रेष्ठ पहिलो भए । नेपालकै सम्यक उदास र विनोद परियार दोस्रो र तेस्रो भए ।

त्यस्तै महिला फिटनेसमा नेपालकी शोभा मानन्धरले पहिलो स्थान हात पारिन् । यही स्पर्धामा नेपालकै पूजा गुरुङ दोस्रो, पम्फा राई तेस्रो र पूजा श्रेष्ठ चौथो स्थानमा रहे । प्रतियोगिताका विजेतालाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले पुरस्कार प्रदान गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -