Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३४:३६ बिहान
- ADVERTISEMENT -

देशकै जेठो अस्पतालको अघिल्तिर गेटमै ढल

प्रकाशित मिति: २०७७ मंसिर १७, बुधबार

552
Shares

काठमाडौँ, १७ मङ्सिर २०७७ । देशकै जेठो अस्पतालको अघिल्तिर गेटमै ढल बगेको छ । उपचारका लागि पुग्ने बिरामी, उनीहरुका आफन्त अनि बाटो हिँड्ने बटुवा ढलमा परिन्छ कि भनेर छेउ कुना फड्कँदै, नाकमुख छोप्दै हिँड्न थालेका छन् ।

तर, यस विषयमा न वीर अस्पतालले सम्बन्धित निकायलाई दबाब दिन सकेको छ, न जिम्मेवार निकाय काठमाण्डौ महानगरपालिका र काठमाण्डौ खानेपानी लिमिटेडले नै चासो देखाएका छन् । नागरिकलाई अफ्ठ्यारो नपार्ने र महानगरलाई सुन्दर बनाउने दाबी गर्दै आएको महानगर यसबारे बेखबर जस्तै बनेको छ ।

नवलपरासीको रामग्राम नगरपालिकासँगको भगिनी सम्बन्ध गाँस्न दौडधुपमा रहेका महानगरका प्रतिनिधिले आफ्नै घर नजिकैको आँगन फोहोर भएको चाल पाएका छैनन् । महानगरपालिकाका उपमेयर हरिप्रभा खड्की श्रेष्ठ भन्नुहुन्छ, ‘सबै कुरा महानरपालिकालाई मात्रै दोष दिनुपर्छ भन्ने छैन, हामी भगिनी सम्बन्ध स्थापनाको कामका सिलसिलामा नवलपरासीमा थियौँ । हिजो मात्रै काठमाण्डौ आएका छौं । यसबारे हामीलाई थाहा नै थिएन । सामाजिक सञ्जालभरि फोटो देखेपछि बल्ल चाल पाएका हौँ ।’

उहाँले ढल जमेको थाहा पाएपछि यसको व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिइसकेको बताउनुभयो । काठमाण्डौ महानगरपालिका र काठमाडौ खानेपानी लिमिटेडको लापरबाही र बेवास्ताका कारण नागरिक नाक थुनेर हिँड्न बाध्य छन् ।

महानगरपालिकाले ढलको निकासाका लागि निर्देशन दिए पनि यस विषयमा काठमाण्डौ खानेपानी लिमिटेडले कुनै प्रतिक्रिया दिएको छैन । ढल व्यवस्थापनका लागि निर्देशन दिएको बताउने महानगरपालिको निर्देशन कति दिनमा कार्यान्वयनमा आउला त्यो भने हेर्न बाँकी नै छ । तर, पटक पटक हुने यस्ता लापरबाही र बेवास्ताका कारण महानगरवासी भने आजित भएका छन् ।

केही समयअघि खुलामञ्चमा कोरोना महामारीका कारण चपेटामा परेका गरीब तथा विपन्न नागरिकले निःशुल्क खाना खाइरहँदा सौन्दर्यमा असर परेको बताउने महानगरलाई अहिले ढल जम्दा भने असर परेको देखिँदैन ।

महानगरवासीले सोध्न थालेका छन् : खुलामञ्चमा भोका मान्छेले भात खाँदा लाज हुने महानगरलाई वीर अस्पताल अगाडिको ढल देख्दा घिन लाग्दैन ? उज्ज्यालो

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -