Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३२:०२ बिहान
- ADVERTISEMENT -

शिवपुरीमा पालिकास्तरीय अस्पतालको शिलन्यास सम्पन्न

प्रकाशित मिति: २०७७ मंसिर १७, बुधबार

748
Shares

नुवाकोट (शिवपुरी), बुधबार, १७ मङ्सिर २०७७ । शिवपुरी गाउँपालिकाको वडा नं. ५ स्थित महाकाली स्वास्थ्य चौकीलाई स्तरउन्नती गरी अस्पताल निर्माण गरिने भएको छ । सोमवार गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले उक्त पालिका स्तरीय अस्पतालको भवनको शिलन्यास गर्नुभयो ।

सोमवार सरकारले पालिका स्तरीय अस्पताल नभएका ३९६ वटा पालिकामा एकै दिन भवन निर्माणका लागि शिलन्यास गर्ने योजना अनुसार शिवपुरी गाउँपालिकामा पनि गाउँपालिका अध्यक्ष थापाले अस्पताल भवनको शिलन्यास गर्नुभएको हो ।

भवनको शिलन्यास गर्दै अध्यक्ष थापाले अस्पताल निर्माण भएपछि स्थानीयलाई स्वास्थ्य सुविधा सहज हुनुका साथै ससाना रोग लाग्दा काठमाडौँ धाउनुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो ।

उहाँले पालिका स्तरीय अस्पताल निर्माण कार्यलाई शिवपुरी गाउँपालिकाले उच्च प्राथमिकता दिएर निर्माण कार्य अगाडि बढाउनेमा जोड दिनुभयो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले गाउँपालिकाले सरकारको नीति अनुसार नागारिकलाई नजिकबाटै स्वास्थ्य सेवाको पहुँच अभिबृद्धि गर्नका लागि पालिका स्तरीय अस्पताल निर्माण गर्न लागेको बताउनुभयो ।

सोही अवसरमा गाउँपालिकाका उपाध्यक्ष मञ्जु केसी गाउँपालिकाका ८ वटै वडाका वडाध्यक्ष लगायतका जनप्रतिनिधि, कर्मचारी, स्थानीय नागरिक लागयतकाको सहभागिता रहेको थियो । गाउँपालिकामा १० शैयाको अस्पताल निर्माण हुनेछ ।

अस्पताल निर्माणका लागि सङ्घीय सरकारले प्रदान गरेको बजेटलाई गाउँपालिका आफैंले थप गरी गाउँपालिका स्तरीय अस्पताल निर्माण गर्न लागिएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -