गोरखा, बिहिबार, ४ मङ्सिर २०७७ । गोरखाबाट पोखरा जाँदै गरेको स्कुटरको ठक्क’रबाट एक बालक गम्भी’र घाइ’ते भएका छन् ।
पृथ्वीराजमार्ग अन्र्तगत तनुहँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा गोरखाबाट गइरहेको लु ६० प ५४९ नम्बरको स्कुट’रले सोही ठाउँका १० बर्षका सौरब थापालाई ठक्कर दिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
स्कुटरको ठक्करबाट बालकको टाउको र निधारमा चोट लागेको छ । उनको स्थानी तनहुँ सेवा अस्पतालमा सामान्य उपचारका पछि थप उपचारका लागि कालिगण्डकी अस्पताल पोखरा पठाइएको प्रहरीले जानकारी दिएको छ ।
ठक्क’र दिने चालक स्कुटरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । सडक हिडिरहेका बेला स्कुटरले बालकलाई ठक्कर दिन पुगेको थियो ।








































