Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१७:३० बिहान
- ADVERTISEMENT -

काठमाडौं महानगरपालिकाले नेपाल मधुमेही समाजलाई भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने घोषणा

प्रकाशित मिति: २०७७ कात्तिक २९, शनिबार

637
Shares

काठमाडौं, शनिबार, २९ कात्तिक २०७७ । विश्व मधुमेह दिवसका अवसरमा काठमाडौं महानगरपालिकाले नेपाल मधुमेही समाजलाई भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । दिवसका अवसरमा आज आयोजित कार्यक्रममा महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले राज्यले सेवा दिनुपर्ने वर्गलाई लक्षित गरी सेवा प्रदान गर्नेगरी भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने बताए ।

दिवसका अवसरमा १५ जना विशेषज्ञ चिकित्सकहरुबाट लिखित ‘मधुमेह’ नामक पुस्तक लोकार्पण गरिएको छ । यस्तै मधुमेह रोगसम्बन्धी ससाखः कका नामक लघु चलचित्र पनि प्रदर्शन गरिएको छ । नेपाल मधुमेही समाजका अध्यक्ष शिव श्रेष्ठले कोभिडबाट मधुमेहबाट पीडित व्यक्तिहरु बढी प्रभावित भएकाले नियमित रुपमा मधुमेहसम्बन्धी विशेषज्ञ चिकित्सकको व्यवस्था गर्न महानगरसँग आग्रह गरे ।

विपन्न मधुमेहीहरुलाई उपचार र परीक्षणलगायत सबै सेवाहरु निःशुल्क प्रदान गर्दै आएको मधुमेही समाजलाई महानगरपालिकाले भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने भएको हो ।

महानगरपालिकाले विभिन्न सरकारी अस्पतालहरुलाई सहयोग गर्दै आइरहेको स्मरण गराउँदै आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत जनताको सेवाका लागि सहकार्य गर्न तयार रहेको बताए ।

वरिष्ठ मुटुरोग विशेषज्ञा डा. प्रकाशराज रेग्मीले मधुमेहको उपचार भनेर सुगर नियन्त्रण मात्रै हो भन्ने सोच परिवर्तन गर्न सबैमा आग्रह गरे । उनले नसर्ने रोग भए पनि कोरोना महामारीभन्दा मधुमेह रोग बढी खतरनाक भएको बताए । नेपाल मधुमेही समाजले अहिले विशेषज्ञहरुबाट मधुमेह, ग्रन्थी, थाइरोइड, मुटु, आँखा, हाड जोनी तथा ईसीजी, इकोलगायत सेवा न्यून शुल्कमा उपलब्ध गराउँदै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -