काठमाडौँ, शनिबार, २९ कात्तिक २०७७ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ४६ जनामा कोरो’ना भाइर’स संक्र’मण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ५ सय ३ जना कोरोना संक्रम’णमुक्त भएका छन् । हालसम्म १ लाख ७० हजार ६ सय ३२ जना संक्रम’णमुक्त भएका छन् ।
नेपालमा कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २१५ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ९ सय ४६ जनामा संक्र’मण देखिएको हो । यससँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ ।
नेपालमा हाल संक्रिय संक्र’मितको संख्या ३६ हजार ४ सय ५२ रहेको छ । क्वारेन्टिनमा भने १०५७ जना रहेका छन् ।








































