Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०५:२९ बिहान
- ADVERTISEMENT -

संक्र’मित पत्रकारको नि:शुल्क उपचार

प्रकाशित मिति: २०७७ कात्तिक २९, शनिबार

809
Shares

काठमाडौंँ, शनिबार, २९ कात्तिक २०७७ । कोरो’ना भाइ’रसबाट प्रभावित भएका सञ्चारकर्मीलाई सरकारले निःशुल्क उपचार गर्ने बताउनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोरो’ना भाइर’सबाट प्रभावित भएका सञ्चारकर्मीलाई सरकारले निःशुल्क उपचार गर्ने बताउनुभएको हो  ।

नेपाल पत्रकार महासङ्घ अन्तर्गतको साना लगानी मिडिया हकहित प्रवद्र्धन तथा संरक्षण समितिको ज्ञापन पत्र शुक्रबार बुझ्नुु हुँदै उहाँले यस्तो बताउनुभएको हो ।

कोरोना महामा’रीसँग मात्र होइन, महाविपत्ति, बाढी पहिरोमा सूचना सम्प्रेषण गरेर पत्रकार आफ्नो धर्म निर्वाह गरेकोप्रति सरकारले सम्मान गर्न चाहेको उहाँले बताउनुभयो । श्रमजीवी पत्रकार र सञ्चारगृहबीच केही माग रहेको उल्लेख गर्दै उहाँले ती माग पूरा गराउन मन्त्रालयले पहल सुरु गरिसकेको बताउनुभयो ।

कस्तो पत्रकारिताबाट समृद्ध समाज निर्माण गर्ने, सुन्दर समाज निर्माण गर्ने तथा समाजमा असल नागरिक निर्माण हुन्छ, एकपटक सबैले सोच्नुपर्ने बेला आएको उहाँले बताउनुभयो । सञ्चार माध्यम नवीकरण अब प्रदेशस्तरीय हुलाक कार्यालयबाट हुने गरी मन्त्रालयले निर्णय गरेको उहाँले जानकारी दिनुभयो  ।

यसैबीच मन्त्री गुरुङले कोरोना भाइरसका कारण चलचित्र निर्माण हुन नसकेको अवस्थामा हतास र निराश नभई अगाडि बढ्नुपर्ने बताउनुभएको छ । सभ्य र समुन्नत नेपाल निर्माण हुने तथा समाज रूपान्तरणमा योगदान पुग्ने गरी चलचित्रको निर्माण गर्न विशेष ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

शुक्रबार काठमाडौंँको चाबहिलस्थित चलचित्र विकास बोर्डको अनुगमन गर्ने क्रममा उहाँले कोरोनाको महामारीले सबै क्षेत्रलाई पीडा दिएको उल्लेख गर्दै त्यसलाई सामना गरेर अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।

सङ्कटको यस घडीमा कसैले पनि निराश हुने, पलायन हुने गर्नु हुँदैन उहाँले भन्नुभयो । मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले चलचित्र क्षेत्रले भोग्दै आएका समस्या समाधान गर्न लागिपर्ने बताउनुभयो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -