एजेन्सी, शुक्रबार, २८ कात्तिक २०७७ । फ्रान्समा कोरो’ना भाइर’सका कारण गरिएको लकडा’उन आगामी डिसेम्बर महिनासम्म गरिने बताइएको छ ।
उक्त कुराको जानकारी फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेस्कले दिएका हुन् । उनले फ्रान्समा जारी रहेको लकडाउन आगामी डिसेम्बर महिनासम्म नै कायम रहने बताएका हुन् ।
प्रधानमन्त्री क्यास्टेकको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा उनले भनेका छन्– म र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले कम्तीमा आगामी महिनासम्म यो अहिलेको लकडाउन जारी राख्ने निर्णय गरेका छौँ ।
यो लकडानको अवधिमा तोकिएको समयमा भन्दा बाहेक मानिसहरु घरबाट बाहिर निस्कन पाउने छैनन् भने कतिपय प्रतिबन्ध गरिएका सेवाहरु पनि सुचारु गर्न पाइने छैन । केही समयअघि फ्रान्सको सरकारले यहाँ कोरोना भाइरसका संक्रमितहरु पहिलेको तुलनामा निकै नै बढ्न थालेपछि लकडाउन गरिएको छ ।








































