काठमाडौँ, शुक्रबार, २८ कात्तिक २०७७ । नेपालीहरुको दोस्रो पर्ब शुभ दीपावलीको आगमनसँगै बजारमा चहलपहल बढेको छ ।
कोरोना भाइरसको जोखिम बढिरहँदा बजारमा भने भाइटीकाका लागि प्रयोग हुने भाइमसला खरिद गर्नेको चहलपहल ह्वात्तै बढेको हो ।
आज शुक्रबार न्युरोड, असन, इन्द्रचोक लगायतका ठाउँमा चहलपहल बढी नै भएको थियो । काजु, बदाम, किसमिस ओखर, नरिवल आदिको मिश्रणलाई चलनचल्तीमा भाइमसला भन्ने गरिन्छ ।








































