गोरखा, बिहिबार, २७ कात्तिक २०७७ । गोरखा केन्द्रबिन्दु भएर भुकम्पको धक्का महसुस भएको छ ।
गोरखाको भीमसेन थापा गाउँपालिकाको मसेल केन्द्रविन्दु भएर बिहीवार साँझ भूकम्प गएको हो ।
भीमसेन थापा गाउँपालिका मसेल केन्द्रविन्दु भएर साँझ ७ बजेर ५० मिनेटमा ३ दशमलव ७ म्याग्नीच्युडको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिनुभयो ।








































