लन्डन, मंगलबार, २५ कात्तिक २०७७ । नेपाली कां’ग्रेसका नेता गगन थापाले वर्तमान सरकारका प्रधानमन्त्री राणा शासनका प्रधानमन्त्री भन्दा पनि गैर जिम्मेवार भएको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन युरोप शाखाले गरेको कोभीड र लोकतन्त्र बिषयक भर्चुअल बहसमा बोल्दै नेता थापाले को’रोना भाइ’रसको महामारीले सयौं नेपालीको मृत्यु र हजारौं संक्रमित भइरहँदा सरकारले जिम्मेवारी निर्वाह नगरेकोप्रति आ’क्रोश ब्यक्त गरे।
‘प्र’धानमन्त्री ओली जनताप्रति होइन आफ्नै पार्टीको विवादमा मु’छिदै कोरो’ना नियन्त्र’णका बारेमा कुनैपनि छलफल वा बैठक नगरी गैरजिम्मेवारी प्रदर्शन गरिरहेका छन्,’ नेता थापाले भने,‘विदेशमा अलपत्र परेका नेपालीहरुको उ’द्दार गर्ने नि’हूँमा सरकारले टिक’टमा कमिसन खान तल्लिन भएको छ, यस्तो नि’रंकुश सरकारबाट धेरै अपे’क्षा गर्न सकि’दैन ।’
प्रेस युनियन, युरोप शाखाले युरोपमा अवस्थित विभिन्न संघसंस्था र निकायसँग वहसको सुरुवात गरेसँगै पहिलो वहस नेता थापाको प्रमुख आतिथ्यतामा भएको हो। वहश कार्यक्रममा सहभागि एनआरएनएका अभियन्ता तथा कां’ग्रेस नेता विश्व आदर्श पण्डितले नेपालमा सबैखाले स्वतन्त्रता प्राप्त भइनसकेकाले फेरि प्रजातन्त्रप्रेमीहरुको एकता आवश्यक रहेको औंल्याए।








































