Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:५३:०८ बिहान
- ADVERTISEMENT -

गोरखकाली रबर उद्योगका कर्मचारी र मजदुरलाई अवकाश तयारी

प्रकाशित मिति: २०७५ कात्तिक २८, बुधबार

1398
Shares

गोरखा, २८ कात्तिक । सरकारले गोरखकाली रबर उद्योगमा कार्यरत मजदुर तथा कर्मचारीलाई अनिवार्य अवकाश दिने भएको छ । अनिवार्य अवकाश दिनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सहसचीव शोभाकान्त पौडेलको संयोजकत्वमा ५ सदस्यीय कार्यदल बनाएर अनिवार्य अवकाश दिँदा पूरा गर्नुपर्ने आर्थिक दायित्वलगायतका विषयमा अध्ययन गरेको थियो । कार्यदलमा अर्थमन्त्रालयका प्रतिनिधि, रबर उद्योगका महाप्रवन्धक लगायत सदस्य रहेका छन् ।

कार्यदलले अनिवार्य अवकाश दिँदा अहिलेसम्म पाउनुपर्ने तलबभत्तासहित एक महिनाको तलब बराबरको अतिरिक्त रकम दिन सिफारिस गरेको उद्योगका महाप्रवन्धक एवम् कार्यदलका सदस्य दिनेशकुमार बर्तौलाले बताउनुभयो । तर रबर उद्योगका मजदुर तथा कर्मचारी संघसंगठनले भने कम्तीमा ३ महिनाको तलब बराबरको अतिरिक्त रकम दिएर बिदाई गर्नुपर्ने माग राखेका छन् ।

“अहिलेसम्म बाँकी तलब दिएर चाडबाडकै बेला बिदा गर्ने भन्ने थियो” बर्तौलाले भन्नुभयो, “कति समयको अतिरिक्त रकम दिने भन्नेमा टुंगो लागेको छैन, छिट्टै निकाश निस्कन्छ होला ।” उद्योगका २ सय ३८ मजदुर र कर्मचारीलाई बाँकी तलब दिनमात्रै करिब ३० करोड रुपैयाँ लाग्ने देखिएको छ ।

५५ वर्षको उमेरहदका कारण अनिवार्य अवकाश पाएका ६५ जनालाई उपदान वापत झण्डै १० करोड रुपैयाँ दिन बाँकी रहेको छ । तलब र उपदानसहित एक महिनाको अतिरिक्त रकम दिने हो भने पनि झण्डै एक अर्ब रुपैयाँ चाहिन्छ । मजदुरको माग अनुसार तीन महिनाको थप रकम दिनु परेमा १ अर्ब ८० करोड रुपैयाँ चाहिने कार्यदलका सदस्य एवम् उद्योगका महाप्रवन्धक बतौलाले बताउनुभयो ।

अहिलेसम्मको तलवभत्ता, अवकाश पाएकाहरुको उपदान, सञ्चयकोष, जीवनबीमा, सञ्चित बिदालगायत शीर्षकको रकम भुक्तानी गर्न यो रकम आवश्यक पर्ने देखिएको हो ।

उद्योगको समग्र अवस्थाका बारेमा अध्ययन गरी सुझाव दिन बनाइएको कार्यदलले पहिलो चरणमा त्यहाँ कार्यरत मजदुरहरुको व्यवस्थापनका विषयमा प्रतिवेदन तयार पारेको हो ।

कार्यदलले उद्योगका कर्मचारी र मजदुरको आर्थिक दायित्व कसरी पूरा गर्ने भन्ने विषयमा सुझाव दिएको मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले बताउनुभयो । कार्यदलको प्रतिवेदनबारे अर्थलगायत अन्य सरोकारवाला मन्त्रालयसँग छलफल भैरहेको उहाँको भनाई छ ।

कर्मचारी र मजदुरलाई अवकाश दिए पनि रबर उद्योग चलाउने कि बन्द गर्ने भन्नेबारे भने मन्त्रालयले कुनै निर्णय गरेको छैन । “सरकारको प्रयत्न पुनः सञ्चालन गर्नुपर्छ भन्नेतिरै रहन्छ” प्रवक्ता भट्टराईले भन्नुभयो, “प्राविधिक र प्रशासनिक हिसावले उद्योग चलाइराख्नु कति उपयुक्त छ भन्नेबारे थप अध्ययन हुन बाँकी छ” । देशकै एकमात्रै गोरखकाली रबर उद्योग २०७२ सालको भूकम्पयता पूर्ण रुपमा बन्द छ । साभार : उज्यालो अनलाईन

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -