काठमाडौं, मंगलबार, २५ कात्तिक २०७७ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले कोरोना भाइ’रस सङ्क्र’मण रोक’थाम तथा नियन्त्र’णका लागि जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । उनले जनप्रतिनिधिले कोभिड–१९ महा’मारी र जो’खिमबारे सचेतना अभि’वृद्धि गर्न नागरिकसँगको सम्बन्धलाई नजिक बनाउनुपर्ने बताए ।
धनगढीमा आज आयोजित ‘कोभिड–१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका’ विषयक अन्तरक्रियामा उनले कोभिड–१९ महामारी र जोखिमबारे जनतालाई सचेत गराउन जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहेको बताए ।
उनले तीनवटै सरकार, राजनीतिक दल र विभिन्न सङ्घसंस्था लागेर कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न आवश्यक रहेको बताए । उनले विभिन्न महामारीसँग जुध्न सबैको सकारात्मक भूमिका आवश्यक हुने बताउँदै कोरोनाबाट सजग हुन स्वास्थ्य मापदण्ड अपनाउन जनसमक्ष आग्रह गरे ।
कोभिड–१९ सम्बन्धी अफवाह तथा गलत सूचनाको प्रतिकार गर्न जनप्रतिनिधिहरु लाग्नुपर्ने उनको भनाइ छ ।








































