काठमाडौं, शनिबार, २२ कात्तिक २०७७ । ट्राफिक नियमबारे जनचेतना जगाउन माइक समातेका डमी प्रहरीले स्पिकरमा रेकड गरिएका गीत बजाउन थालिएको छ । आज राजधानीमा प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलको प्रमुख आतिथ्यमा ट्राफिक जनचेतनाको लागि सांगीतिक डमी अभियानको शुभारम्भ गरिएको छ।
महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलको प्रमुख आतिथ्यमा महानगरीय ट्राफिक प्रहरी महाशाखामा आज एक कार्यक्रमबीच ट्राफिक जनचेतनाको लागि सांगीतिक डमी अभियानको शुभारम्भ गर्नुभएको हो ।
कार्यक्रममा ट्राफिक जनचेतनाको लागि सांगीतिक डमी अभियानमा सहयोग गर्नुहुने वरिष्ठ कलाकारहरु, कलाकार र समाजसेवीहरूलाई सम्मान गर्नुहुदै उहाले ट्राफिक नियम उलंघन गर्ने कारण पहिचान गरी त्यसको स्थायी समाधान खोज्नु पर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा वरिष्ठ कलाकारहरु मदकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निर्देशक तथा कलाकार दिपाश्री निरौला, कलाकार जितु नेपाल र काठमाडौ महानगरपालिकाका शहरी सुव्यवस्थापन विभागका प्रमुख, हरी बहादुर कुँवरले आ-आफ्ना मन्तव्य राख्नुभएको थियो ।








































