काठमाडौँ, शुक्रबार, २१ कात्तिक २०७७ । नेपाली कां’ग्रेस केन्द्रीय खेलकुद विभागले कोरोना संक्रमित दिन प्रतिदिन बढीरहेको भन्दै उपचारमा रगत अभाव नहोस् भनेर सप्ताव्यापी रक्तदान कार्यक्रम गर्न अनुरोध गरेको छ ।
विभागका प्रमुख एवम् नेपाली कां’ग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले राष्ट्रव्यापी मंसिर ६ देखि १२ गतेसम्म सप्ताहाव्यापी रक्तदान कार्यक्रम सञ्चालन गर्न लागेको बताउनु भएको छ । उहाँले रक्तदान कार्यक्रममा विभागका सदस्य तथा खेलाडी एवम् कां’ग्रेसका नेता कार्यकर्ताहरूलाई रक्तदान कार्यक्रममा सहभागी हुन अनुरोध गर्नु भएको छ ।
‘नेपाली कां’ग्रेस राष्ट्रिय जिम्मेवार पार्टी भएकाले जनताप्रतिको एतिहासिक भूमिका र जिम्मेवारीलाई कायम गर्दै कम्तिमा पनि बिरामीहरूलाई रगतको आपूर्तिमा सम्भव भएसम्म सहयोग पुर्याउने उदेश्यले नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागको आयोजनामा मंसर ६ देखि १२ गतेसम्म सप्ताहाव्यापी राष्ट्रिय रुपमा स्वास्थ्य सावधानीको मापदण्ड अपनाइ विभिन्न जिल्लाहरूमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने भएकाले सम्बन्धित सबैको लागि जानकारी गराउँदछु’, बस्नेतले भनेका छन्, ‘मानवीय समवेदनको महान कार्यमा रक्तदान जीवन दान भन्ने भावनालाई आत्मसा तगर्दै सहभागिता जनाइ सहयोग गरिदिनुहुन अनुरोध छ ।’








































