Opens in a new tab
२०८३ मंसिर ४, बिहीबार
११:२४:०५ राति
- ADVERTISEMENT -

१ कराेड ६० लाखले ज्यान गुमाएकाे प्रथम विश्व युद्ध भएकाे अाज सय वर्ष पुग्याे

प्रकाशित मिति: २०७५ कात्तिक २५, आइतबार

3590
Shares

कार्तिक, २५ । पहिलो विश्वयुद्ध समाप्त भएको १०० वर्ष पूरा भएको छ । २८ जुलार्इ १९१४ देखि शुरु भएको पहिलो विश्वयुद्ध सन् ११ नाेभेम्बर १९१८ अर्थात अाज समाप्त भएको थियो ।

प्रथम विश्वयुद्ध समाप्त भएको शताब्दी पुगेको अवसरमा फ्रान्समा विशेष कार्यक्रम भएको छ । कार्यक्रममा विश्वभरका नेताहरु सहभागी भए । साे कार्यक्रमका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, जर्मन चान्सलर एंगेला मर्केलसहितका नेताहरु फ्रान्स पुगेका छन् । युरोपमा शुरु भएर फैलिएको पहिलो विश्वयुद्ध विश्वको पहिलो सबैभन्दा ठूलो हिंसात्मक युद्धको रुपमा रहेकाे छ ।

युद्ध अन्त्यका लागि तत्कालीन समयमा संलग्न प्रमुख देशका नेताबिच एउटा रेलमा भएको छलफलमा सहमति बनेको थियो र युद्ध अन्त्य गर्ने सम्झौता भएको थियो । त्यसकै सम्झना स्वरुप फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र जर्मन चान्सलर मर्केलले पहिलो विश्वयुद्धको स्मृति पुस्तिकामा रेलमै बसेर हस्ताक्षर गरे ।

फ्रान्स भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजाे अमेरिकी नागरिकको समाधी स्थलमा आयोजित कार्यक्रम खराब मौसमका कारण रद्द गरेका थिए । फ्रान्सको राजधानी पेरिसमा आज विश्व युद्धमा मारिएका अज्ञात सैनिकहरुको सम्झनामा हुने विशेष कार्यक्रमको नेतृत्व फ्रान्सेली राष्ट्रपति म्याक्रोनले गर्ने छन् । यो कार्यक्रममा विश्वका ७० भन्दा बढी देशका नेता सहभागी हुँदैछन् ।

चार वर्ष तीन महिना दुई हप्ता चलेको पहिलो विश्वयुद्धका कारण करिब ९० लाख सैनिक तथा ७० लाख सर्वसाधारणको ज्यान गएको थियो ।

विश्व इतिहासको भयानक मध्येको एक युद्ध अन्त्य भएको १०० वर्ष पुगेको अवसरमा विश्वमा शान्ती स्थापनाका लागि एकीकृत प्रयास गरिनु पर्ने देखिएको छ । तर पछिल्लो समय परमाणु हतियारसहितका अरु कारणले शान्ति तथा स्थायित्व जोखिममा रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -