अमेरिका, सोमबार, १७ कात्तिक २०७७ । संयुक्त राज्य अमेरिकामा भोलि अर्थात ३ नोभेम्वरका दिन राष्ट्रपतिको चयनका लागि मतदान हुँदैछ ।
मतदानपूर्व नैअहिलेसम्म इमेलको माध्यम करोडौंले आफ्नो मत अभिव्यक्त गरि पनि सकेका छन । राष्ट्रपतिमा ट्रम्पको निरन्तरता या बिदाई के हुने हो, भोलि हुने मतदान कार्यक्रमले तय गर्नेछ र मतदान कार्यक्रमको प्रतिक्षामा करोडौं मान्छेहरु तम्तयार अवस्थामा रहेका छन । मतदान हुनुभन्दा अघिका विभिन्न सर्वेक्षणले देखाएको नतिजाअनुसार ट्रम्पभन्दा वाइडेनको पक्षमा मत बलियो देखिएता पनि कतिपय राज्यमा अझै पनि अनलाईन भोटिङ्गको कार्यक्रम जारी रहेकाले यसै भन्न सकिने अवस्था चाहिँ छैन ।
अमेरिकाको राजनितिमा `स्विङ्ग स्टेट´ भनेर चिनिने यस्ता ८ राज्यहरु पनि छन जुन पहिल्ल्यै देखि नै कुनै पनि पार्टिको पकडमा छैनन । तर, त्यस्ता राज्यहरुमा हुने मतदानको परिणामले नै अमेरिकी राष्ट्रपति निर्वाचनमा पासा पल्टाईदिन सक्ने ल्याकत राख्दछन । तिनै ८ राज्यहरुमा भएको मत पूर्व सर्वेक्षणले भने वाइडेनको पक्षमा बलियो जनमत तयार भएको देखिन्छ ।
स्विङ्ग स्टेटअन्तर्गतको फ्लोरिडा राज्यमा रहेको कुल २९ इलेक्टोरेल भोटमध्ये वाइडेनको पक्षमा ४८.७ प्रतिशत देखाएको छ भने ट्रम्पको पक्षमा ४६.८% रहेको छ । त्यस्तै पेनसेल्वेनियाको इलेक्टोरेल भोटमध्ये ५०.९ प्रतिशत वाइडेनको पक्षमा छ भने ट्रम्पको पक्षमा ४५.१ प्रतिशत रहेको छ। ओहियो राज्यमा १८ मध्ये विडेनको पक्षमा ४६.१ प्रतिशत र ट्रम्पको पक्षमा ४८.२ प्रतिशत, मिचिगेनमा १६ मध्ये वाइडेनको पक्षमा ५१.४% र ट्रम्पको पक्षमा ४३% देखिएको छ ।
त्यस्तै अन्य राज्यहरु उत्तरी क्यारोलिनामा रहेको जम्मा १५ इलेक्टोरेल भोटमध्ये विडेनको पक्षमा ४९.२% र ट्रम्पको पक्षमा ४७.१%, एरिजोनाको ११ मध्ये ४८.८% वाइडेनको पक्षमा र ४५.४% ट्रम्पको पक्षमा रहेको छ। अन्य दुई राज्यहरु विसक्न्सिनमा १० मध्ये वाइडेनको पक्षमा ५१.५% र ट्रम्पको पक्षमा ४३.७% मत रहेको छ भने अयोवा राज्यको ६ इलेक्टोरेल भोटमध्ये ४७.८% वाइडेनको पक्षमा र ट्रम्पको पक्षमा ४६.८ प्रतिशत मत रहेको सर्वेक्षणले देखाएको छ ।
अमेरिकामा मतदानको नियमअनुसार नागरिकद्वारा आ-आफ्नो क्षेत्रमा पहिला इलेक्टर्सको चुनाव गराईन्छ र अन्तिममा गएर राष्ट्रपतिको लागि भोट हाल्ने काम हुन्छ। इलेक्टर्सले आफ्नो इच्छाबमोजिम कुनैपनि उम्मेदवारलाई स्वतन्त्ररुपमा भोट हाल्न सक्तछन। जसअनुसार अमेरिकामा भोटको आधारमा मात्र राष्ट्रपतिको हुँदैन, उनै मतदाताले चुनेको इलेक्टर्सको आधारमा पनि राष्ट्रपति चुनिने ब्यवस्था रहेको छ ।
साथै, एउटा प्रारम्भिक अनुमान मात्रै हो। तर यी राज्यहरुमा हुने मतदानको अन्तिम नतिजा भने फरक पनि पर्न सक्नेछ। अहिलेसम्मको गरिएको सर्वेक्षणको अवस्थितिलाई नियाल्ने हो भने अधिकांश राज्यमा वाइडेनको पक्षमा बलियो मत रहेको पाइन्छ । स्रोत : जीएनएन








































