Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०१:३५ बिहान
- ADVERTISEMENT -

देशभर न्यूनतम तापक्रम घटेसँगै चिसो बढ्दै

प्रकाशित मिति: २०७७ कात्तिक १४, शुक्रबार

871
Shares

काठमाडौँ, १४ कात्तिक २०७७ । देशभर न्यूनतम तापक्रम घटेसँगै चिसो बढ्दै गएको छ ।

काठमाण्डौको आज बिहानको तापक्रम यो वर्षकै कम ११ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हिजो र अस्ति काठमाण्डौको न्यूनतम तापक्रम ११ दशमलव ४ डिग्री सेल्सियस थियो । न्यूनतम तापक्रम घटेर बिहान बेलुकी चिसो बढे पनि दिउँसो भने गर्मी नै छ ।

देशका मुख्य सहरमध्ये दिपायलमा ३०.५ अधिकतम तापक्रम र ११ डिग्री न्यूनतम तापक्रम कायम थियो । त्यस्तै, डडेल्धुरामा अधिकतम २१.८ र न्यूनतम तापक्रम १०.१, धनगढीमा ३२ अधिकतम र १४ डिग्री न्यूनतम तापक्रम, वीरेन्द्रनगरका २९.३ अधिकतम, ११.७ न्यूनतम र नेपालगञ्जमा ३२.५ अधिकतम र १५.५ न्यूनतम तापक्रम थियो ।

जुम्लामा देशभरमै सबैभन्दा कम तापक्रम रेकर्ड भएको छ । जसअनुसार २२ डिग्री अधिकतम र ०.५ डिग्री न्यूनतम तापक्रम पुगेको थियो । त्यस्तै, घोराहीमा २९.२ अधिकतम, १४ डिग्री न्यूनतम तापक्रम रह्यो । पोखरामा २८.५ अधिकतम र १३.६ न्यूनतम, भैरहवाको ३४.४ अधिकतम र १६.५ डिग्री न्यूनतम, सिमरामा अधिकतम ३३ र १७.४ न्यूनतम तापक्रम रहेको छ ।

ओखलढुङ्गामा २३.३ अधिकतम र १३.५ डिग्री न्यूनतम तापक्रम, विराटनगरमा ३३ अधिकतम र १९.२ न्यूनतम, जनकपुरमा ३३.५ अधिकतम र १३.२ न्यूनतम तापक्रम रेकर्ड भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अबको केही दिन सुक्खा मौसम नै रहने र वर्षाको सम्भावना नरहेको मानन्धरले जानकारी दिनुभयो । पश्चिमी वायुको प्रभाव बढ्दै जाँदा जाडो महिना सुरु हुनुअघि देशभर हल्का वर्षा हुने सम्भावना छ ।

अधिकतम तापक्रम घट्दै गएपछि मात्रै दिउँसो पनि चिसो हुने मौसमविद् प्रतिभा मानन्धरको भनाइ छ । आज पहाडी क्षेत्रको मौसम आंशिक बदली भए पनि अरु ठाउँको मौसम सफा हुने उहाँले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -