एजेन्सी, शनिबार, ८ कात्तिक २०७७ । बेलायतको नौसेना ‘रोयल नेभी’मा पहिलो पटक नेपाली महिला उषा ठकुरी आवद्ध भएकी छन् ।
गोरखा सै’निककी सन्तान उषाले रोयल नेभीमा काम थालेकी छन् । ११ महिनाको सन्तान भए पनि कडा परिश्रम गर्दै उनले छनोट पार गरेर काम थालेकी बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।
उषाका बाबु र भाइ बेलायतको गोरखा रे’जिमेन्टमा आवद्ध छन् । बाबाको प्रेरणाले गर्दा नौसेनामा आवद्ध भएको उषाले बताएकी छन् । उनका श्रीमान पनि नौसेनामा नै काम गरिरहेका छन् ।
उषा बेलायतको रो’यल ने’भीमा आवद्ध हुने पहिलो नेपाली महिला हुन् ।








































