Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:००:४६ बिहान
- ADVERTISEMENT -

भर्चुअल तेक्वान्दोलाई पूर्वखेलाडीको साथ

प्रकाशित मिति: २०७७ कात्तिक ६, बिहीबार

563
Shares

काठमााडौं, बिहिबार, ६ कात्तिक २०७७ । आगामी कार्तिक २२ र २३ (नोभेम्बर ७ र ८ तारिख) मा आयोजना हुन लागेको ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप’लाई पूर्व राष्ट्रिय खेलाडीहरुले सहयोग गरेका छन् ।

पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी, राष्ट्र राई, देउकाजी गुरुङ, रविनकुमार नाल्बो र प्रदीप व्यञ्जनकारले च्याम्पियनसिपलाई सहयोग गरेका हुन् ।

च्याम्पियनसिपको पपुलर खेलाडी विधाको पुरस्कारको प्रायोजन सगरमाथा तेक्वान्दो डोजाङ बेलायतका संस्थापक एवं एनआरएनए बेलायतका पूर्व उपाध्यक्ष राष्ट्र राईले गरेका छन् । यस्तै उत्कृष्ट पुरुष खेलाडीको पुरस्कारको प्रायोजन देउकाजी गुरुङ र उत्कृष्ट महिला खेलाडीको पुरस्कारको प्रायोजन रविनकुमार नाल्बोले गरेका छन् । देउकाजी होराइजन तेक्वान्दो संघ हङकङका संस्थापक हुन् भने नाल्बो एभरेष्ट तेक्वान्दो एकेडेमी हङकङका अध्यक्ष हुन् । अमेरिकाको पोर्टल्यान्डमा रहेका पूर्व राष्ट्रिय खेलाडी प्रदीप व्यञ्जनकारले पनि दुवै विधामा सहयोग गर्ने प्रतिवद्धता जनाएको च्याम्पियनसिप संयोजक कुमार लामा घिसिङले जानकारी दिए ।

युनाइटेड तेक्वान्दो डोजाङ, सीतापाइला तेक्वान्दो डोजाङ, सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजाङ र पिङ्ला तेक्वान्दो डोजाङको संयुक्त पहलमा च्याम्पियनसिप आयोजना हुन लागेको हो । च्याम्पियनसिपमा यू–१०, यू–१२, यू–१४, यू–१७, यू–२१, यू–२९, यू–४०, यू–५० र ५० वर्षभन्दा माथिका उमेर समूहमा प्रतिस्पर्धा हुनेछ । महिला तथा पुरुषका लागि एउटै उमेर समूह निर्धारण गरिएको छ । हरेक उमेर समूहका लागि पुम्सेका छुट्टाछुट्टै बिधा तोकिएको छ ।

प्रतियोगितामा सहभागी हुन अक्टोबर ३१ तारिखसम्म रजिस्ट्रेसन गरिसक्नुपर्ने समयसीमा तोकिएको छ । यसैगरी नोभेम्बर ५ र ६ तारिखभित्र दुई मिनेटको भिडियो पठाइसक्नु पर्नेछ । प्राप्त भिडियोहरुको मूल्यांकन नोभेम्बर ७ र ८ तारिखमा हुने र त्यसपछि नतिजा प्रकाशन गरिने प्रतियोगिता संयोजक घिसिङले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -