काठमाडौं, सोमबार, ३ कात्तिक २०७७ । कर्मचारीमा कोरोना संक्रमण बढ्न थालेपछि काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ ।
केहीले दसैंको सन्दर्भ पारेर र केही कार्यालयले कोरोना संक्र’मणका कारण सरकारी, निजी तथा वित्तीय संस्था बन्द गरेपछि काठमाडौं सुनसान हुन थालेको छ ।
काठमाडौं उपत्यकामा कोरोना संक्र’मणको जोखिम निरन्तर बढेपछि उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले असोज २८ गतेबाट र ललितपुर तथा भक्तपुरले कात्तिक २ गतेबाट अर्को सूचना जारी नभएसम्म अत्यावश्यक बाहेकका से’वा बन्द गरेका हुन् । जिल्ला प्रशासन कार्यालयले सेवा’ग्राही मार्फत कर्मचारीलाई र कर्मचारीमार्फत सेवा’ग्राहीमा समेत जो’खिम बढ्ने’ भन्दै तीनै जिल्लाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको जनाएको छ ।
कार्यालयले अत्यावश्यक मानिएका शा’न्ति सु’रक्षा, वि’पद व्यव’स्थापन लगायतका काम भने निरन्तर जारी रहने जनाएको छ ।
यसैबीच सर्वोच्च अदालत तथा मातहतका अदालतले दसैंको अवसर पारेर कार्तिक १ गते बाट १५ गतेसम्म प्रत्यक्षीकरण बाहेकका सुनुवाइ बन्द गरेको छ । अदालतले हरेक वर्ष दसैंको अवसर पारेर घटस्थापना देखि पूर्णिमासम्म सेवा बन्द गर्ने गरेको छ । ब’न्दी प्रत्य’क्षीकरणको निवेदन माथिको सुनुवाइ भने विजयादशमीको दिन र शनिबार बाहेक सबै दिन सुचारु हुने बताइएको छ । त्यस्तै कतिपय कार्यालयमा कार्यरत कर्मचारीलाई नै कोरोना संक्र’मण देखिएपछि निजी तथा वित्तीय संस्था पनि बन्द गरिएको छ ।
यसरी सरकारी, गैरसरकारी तथा वित्तीय संस्था समेत बन्द भएपछि घटस्थापनादेखि नै काठमाडौं सुनसान हुन थालेको छ ।








































