Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:११:२९ बिहान
- ADVERTISEMENT -

चाडपर्ब लक्षि’त ४८ हजार प्रहरी परिचालन, ४९० चेकिङस्थल र २६४ सहायता कक्ष

प्रकाशित मिति: २०७७ असोज २९, बिहीबार

633
Shares

काठमाडौं, बिहिबार, २९ असोज २०७७ । दशैं तिहारलाई लक्षि’त गरेर नेपाल प्रहरीले ४८ हजार ८३० प्रहरी परिचालन गर्ने भएको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कठायतका अनुसार सातवटा प्रदेश तथा महानगरीय प्रहरी परिसर काठमाडौंबाट प्रहरी परिचालन हुने भएका हुन् ।

दशैं तहारमा सबैभन्दा धेरै बागमती प्रदेशमा प्रहरी परिचालन हुने भएका छन् । बागमती प्रदेश प्रहरी कार्यालयले प्रदेशभरि चार हजार ९५३ र महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं उपत्यकामा सात हजार ५५० प्रहरीलाई परिचालन गर्ने भएको छ ।

नेपालभरमा ट्राफिक सहितको संयुक्त चेकिङ ४९० वटा र २६४ वटा यात्रु सहायता कक्ष संचालन गर्नेछ । प्रवक्ता कठायतका अनुसार महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं उपत्यकामा सात हजार ५५० प्रहरीहरुले ट्राफिक सहितको सं’युक्त चेकिङ ५४ वटा र यात्रु सहायता कक्ष २१ वटा राख्ने छ ।

प्रदेश नं १ बिराटनगरले सात हजार ९२२ प्रहरी परिचालन हुने छन् भने प्रहरीहरुले ट्राफिक सहितको संयुक्त चेकिङ ८३ वटा र यात्रु सहायता कक्ष ३५ वटा राख्नेछ ।

प्रदेश नं २ प्रहरी कार्यालय जनकपुरले सात हजार ३९० प्रहरी परिचालन हुने छन् भने प्रहरीहरुले ट्राफिक सहितको संयुक्त चेकिङ ५४ वटा र यात्रु सहायता कक्ष ३३वटा संचालन गर्नेछ ।

बागमती प्रहरी कार्यालय हेटौडाले चार हजार ९५३ प्रहरी परिचालन हुने छन् भने प्रहरीहरुले ट्राफिक सहितको संयुक्त चेकिङ ६२ वटा र यात्रु सहायता कक्ष ३९ वटा संचालन गरिसकेको छ ।

गण्डकी प्रहरी कार्यालय पोखराले पाँच हजार ३०३ प्रहरी परिचालन हुने छन् भने प्रहरीहरुले ट्राफिक सहितको संयुक्त चेकिङ ७३ वटा र यात्रु सहायता कक्ष ३६ वटा राख्नेछ ।

लुम्बिनी प्रदेश कार्यालय दाङले सात हजार ८५०प्रहरी परिचालन हुने छन् भने प्रहरीहरुले ट्राफिक सहितको संयुक्त चेकिङ ८७ वटा र यात्रु सहायता कक्ष ४२ वटा राख्नेछ ।

कर्णाली प्रदेश कार्यालय सुर्खेत तीन हजार ७९७ प्रहरी परिचालन हुने छन् भने प्रहरीहरुले ट्राफिक सहितको संयुक्त चेकिङ २८ वटा र यात्रु सहायता कक्ष १० वटा राख्नेछ ।

सुदुरपश्चिम प्रहरी कार्यालय दीपायलमा पाँच हजार ५० प्रहरी परिचालन हुने छन् भने प्रहरीहरुले ट्राफिक सहितको संयुक्त चेकिङ ४९ वटा र यात्रु सहायता कक्ष ४० वटा राख्नेछ ।

कठायतका अनुसार नेपालभरका प्रमुख सहरहरुमा आवश्यकता अनुसार ड्रोनको प्रयोग गरेर सुरक्षाको दिने तथा चेकिङस्थलमा तालिम प्राप्त कुकुरहरुको समेत प्रयोग गरिने प्रवक्ता कठायतले भन्नुभयो । त्यस्तै प्रदेश प्रहरी कार्यालयहरुले समेत जिल्ला जिल्लामा कसरी चाडपर्वमा सुरक्षा दिने भनेर सादा पोसाकमा प्रहरी परिचालनदेखि लिएर मोवाइल गस्ती, साइकल गस्ती तथा नियमित चेकजाँच गर्ने प्रवक्ता कठायतले जानकारी दिनुभयो । गोरखापत्र

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -