काठमाडौँ, बुधबार, २८ असोज २०७७ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कार्तिक ७ गतेभित्र विदेशी च्या’नलहरुलाई विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्न गराउन अनुरोध गरेको छ ।
मन्त्रालयले एक विज्ञप्ति जारी गरी कार्तिक ७ गतेभित्र विज्ञापनरहित प्रसारण गर्नु पर्ने स्पष्ट कानुनी व्यवस्था गरेको स्मरण गराउँदै नभएमा प्रचलित का’नून अनुसार का’र्वाही हुने चेतावनी दिएको हो ।
भारतीय ब्राडकाष्टर्स फोरम, डिस्कभरी नेटवर्क्स, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासंघ जस्ता संघसंस्थाबाट क्लिन फिड प्रसारणको म्याद थप्न माग गरिएकोमा ध्यानाकर्षण भएको पनि मन्त्रालयले जनाएको छ ।
ऐनले तयारीका लागि भन्दै एक वर्ष समय दिएको तर अझै पनि तयारीका लागि भनेर समय थप गर्न नसकिने मन्त्रालयको भनाई छ ।








































