Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४७:२९ बिहान
- ADVERTISEMENT -

फ्रान्समा जन्मिँदैछन् हात नभएका बच्चा, सरकारले छानबिन गर्दै

प्रकाशित मिति: २०७५ कात्तिक १५, बिहीबार

1878
Shares

पेरिस । फ्रान्समा बिना हात या विकृत हात भएका बच्चाहरू जन्मिने क्रम बढेपछि सरकारले यसप्रति गम्भीर चासो व्यक्त गरेको छ । फ्रान्सका कैयन् ठाउँहरूमा यस्तो खाले जन्मजात दोष देखा पर्न थालेपछि सर्वसाधारण त्रसित बनेका छन् । फ्रान्सको सरकारले यसबारे छानबिन भइरहेको र त्यसको नतिजा तीन महिनाभित्र आइसक्ने जनाएको छ ।

फ्रान्सको जनस्वास्थ्य निकायका प्रमुख फ्राँस्वाँ बोद्लानले यस कुराको पुष्टि गर्दै यस मामिलामा राष्ट्रव्यापी जाँच भैरहेको बताएका छन् । आफ्नो एउटा रेडियो अन्तर्वार्ताका क्रममा बोद्लानले यसका नातिजाहरूबारे देशवासीहरूबाट केही नलुकाइने समेत वचन दिए । गत सोमवार मात्रै स्वास्थ्य विभागले ११ नयाँ यस्ता घटनाहरूबारे थाहा पाएपछि यसबारेमा झन् चिन्ता बढेको हो ।

सबैभन्दा पहिले सन् २००० र २०१४ बीच स्विट्जरल्याण्डसँग जोडिएको सीमा क्षेत्रमा यस्ता केही मामिलाहरू देखा परेका थिए तर यसलाई सार्वजनिक गरिएको थिएन । गत १५ वर्षमा लगभग २५ यस्ता मामिलाहरू प्रकाशमा आएको बताइएको छ । यो सङ्ख्या उल्लेखनीय नभएपनि फ्रान्सेली मिडियामा आएपछि यो डर र बहसको विषय बन्न पुगेको छ ।

सम्बन्धित् समाचार विश्वकप फुटबलः फ्रान्सलाई उपाधिसहित ४ अर्ब, अरुले टिमले कति पाए ?
Powered by Inline Related Posts
फ्रान्सकी स्वास्थ्यमन्त्रीले यस समस्यालाई स्वीकार गर्दै आफ्नो प्रतिक्रिया दिएकी छिन् । उनले वातावरणीय समस्या, गर्भवती महिलाहरूको खानपान आदि जस्ता समस्याहरूले गर्दा यस्तो भएको हुनसक्ने बताएकी छिन् ।

एउटी डाक्टर स्वयम् यस्तो समस्याबाट पीडित रहेको बताइएको छ । इसाबेल नाम गरेकी ती चिकित्सकले सन् २०१२ मा बायाँ हात नभएकी छोरी जन्माएकी थिइन् । उनी भन्छिन्- जसरी प्रशासनले यो मामिलालाई लिएको छ त्यसले सन्देह पैदा गरेको छ ।
उनले छोरीको जन्मबारे एएफपीसँग कुरा गदै यो कुनै दुःस्वप्नलाई जिउनु जस्तो रहेको बताएकी छिन् । उनले आफ्नी छोरी जन्मिएको केहीमहिना पछि पश्चिमी फ्रान्समा यस्तै समस्याबाट पीडित केही अन्य परिवार समेत फेला परेका बताइन् । उनी भन्छिन्, ‘स्वास्थ्य प्रशासनले हामीहरूको चिन्तालाई सम्बोधन गर्नुको साटो घटनालाई लुकाउने प्रयत्न गरेको थियो ।’

वंशाणुगत समस्या हुनसक्ने आशंका

सन् १९५० र ६० को दशकमा विश्वभरि नै हजारौं अपाङ्ग बच्चाहरू जन्मिएको बताइन्छ । त्यस समय यस समस्यालाई थालिडोमाइड नामक एउटा औषधिका कारण उत्पन्न भएको मानिएको थियो । यस औषधिको उपयोग गर्भवती महिलामा हुने वाकवाकी जस्ता समस्याको उपचार गर्न गरिन्थ्यो । पछि उक्त औषधिलाई प्रतिबन्धित गरिएको थियो । धेरैले अहिले पनि कतिपय आमाहरूको अनुवंशिकीमै थालिडोमाइडको प्रभाव हुनसक्ने र त्यसकै कारण यस्तो हुनसक्ने आशंका गर्न थालेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -