Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०६:०९ बिहान
- ADVERTISEMENT -

तीन सरकारबीच पर्याप्त समन्वय भएन : गाउँपालिका राष्ट्रिय महासंघ

प्रकाशित मिति: २०७७ असोज २८, बुधबार

650
Shares

काठमाडौं, बुधबार, २८ असोज २०७७ । सङ्घीय सरकार र प्रदेश सरकारले स्थानीय तहसँग पर्याप्त समन्वय नगरेको आज यहाँ आयोजित कार्यक्रमका वक्ताले बताएका छन् । गाउँपालिका राष्ट्रिय महासङ्घले आयोजना गरेको ‘भर्चुअल पत्रकार सम्मेलन’ मा महासङ्का पदाधिकारीले संविधानमा सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय, सहकार्य र सहअस्तित्व हुने उल्लेख भए पनि समन्वय कम भएको भन्दै त्यसलाई बढाउनुपर्नेमा जोड दिए ।

महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठले कोभिड–१९ नियन्त्रणका लागि बजेट सङ्घीय सरकारसँग भए पनि उसले स्थानीय सरकारसँगको समन्वयमा थोरै स्थानमा मात्रै क्वारेन्टिन निर्माण गरेको बताए ।

उनले भने, “गाउँपालिका आफैँले यसको नियन्त्रणका लागि सकेसम्मका काम गरिरहेका छन् ।” संविधानअनुसार गाउँपालिकामा विभिन्न किसिमका अधिकार पाएपछि यसले कम स्थानीय स्तरका लगानीमा धेरै परिणाम दिएको अध्यक्ष श्रेष्ठले बताए ।

अझै पनि धेरै गाउँपालिकाको केन्द्रमा सडक नपुगेको र पुगेका पालिकाहरुमा पनि माटे सडक भएकाले केन्द्रसम्म कालोपत्रे सडक पुर्याउने कार्यक्रम अघि बढाउनुपर्नेमा उनको जोड छ । उनले भने, “यसका लागि सङ्घले बजेट पनि छुट्टाएको छ ।”

महासङ्घका महासचिव वंशीलाल तामाङले अझै पनि एक तिहाइ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कार्यसम्पादनमा समस्या परेको बताए । उनका अनुसार सङ्घीय सरकारले प्रमुख पठाएका स्थानमा पनि भर्खर बढुवा भएका वा यसअघि विकासे अड्डामा काम गरेको अनुभव नभएका व्यक्ति छन् । विकासका लागि राजनीति गरे पनि विकासमा राजनीति गर्न नहुने उनको धारणा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -