Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२८:५७ बिहान
- ADVERTISEMENT -

स्वास्थ्यका कर्मचारीलाई तलव नदिने अस्पतालको नविकरण हुँदैन : स्वास्थ्य मन्त्रालय

प्रकाशित मिति: २०७७ असोज २७, मंगलबार

590
Shares

काठमाडौं, मंगलबार, २७ असोज २०७७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्स तथा स्वास्थ्यकर्मीको तलवभत्ता अस्पतालहरुले अनिवार्य बैंक मार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ ।

नेपाल नर्सिङ संघले नर्सहरुलाई न्यून तलव दिई शोषण गरेको भन्दै समस्या समाधानका लागि पहल गर्न अनुरोध गरेपछि स्वास्थ्य मन्त्रालयले तलवभत्ता बैंक मार्फत भुक्तानी गराउन सम्वन्धित निकायलाई निर्देशन दिन गुणस्तर मापन नियमन महाशाखा, समन्वय महाशाखा,स्वास्थ्य सेवा विभाग र अनुगमन तथा मुल्यांकन शाखालाई पत्र काटेको छ ।

मन्त्रालयले आफु मातहतका ४ विभागलाई निजी, सामुदायिक अस्पताल तथा मेडिकल कलेज र अन्य स्वास्थ्य संस्थाहरुले त्यस अस्पतालमा कार्यरत नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीको तलवभत्ता बैक मार्फत भुक्तानी गरेको विवरण प्राप्त भएपछि मात्र स्वास्थ्य संस्था स्थापना, संचालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका, २०७० अनुसार अस्पताल संचालन स्वीकृति तथा नविकरण गर्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।

यस्तै निजी,ा सामुदायिक अस्पताल तथा मेडिकल कलेज र अन्य स्वास्थ्य संस्थाहरुले स्वास्थ्य उपकरणको आयात अनुमती, भन्सार छुट लगायतका सुविधाको सिफारिस गर्नु अघि अनिवार्य रुपमा त्यस अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा अन्य जनशक्तिको तलवभत्ता बैकिंङ प्रणाली मार्फत भुक्तानी गरेको कागजात प्राप्त भएपछि मात्र नविकरण गर्न दिइने भएको छ ।

निजी तथा गैर सरकारी स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्सहरुलाई न्यून तलव दिई शोषण गरेको, समयमा तलव नदिएको भनि लिखित तथा मौखिक निवेदन मार्फत जानकारी आएको भन्दै समस्या समाधान गरिदिन संघले मन्त्रालयलाई अनुरोध गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -