गोरखा, सोमबार, २६ असोज २०७७ । रोक्ट्याक्ट क्लव अफ गोरखाद्वारा जनचेतनासहित नि:शुल्क माक्स बितरण कार्यक्रम सुरु गरेको छ । रोक्ट्याक्ट क्लव अफ गोरखाले गोरखा सदरमुकाममा चेतनामुलक सन्देश प्रसारणसँगै मास्क बितरण गरेको हो ।
क्लवले गोरखा सदरमुकामको बजार क्षेत्रमा बजारमा किनमेल गर्ने, यात्रा गर्ने सर्वसाधारणलाई लक्षित गरी स्पिकरबाट स्वास्थ्य सम्बन्धी सन्देश प्रशारण गर्न, कोभिड १९ बाट बच्ने उपाए, ध्यान दिनुपर्ने कुरा लगायतका बारेमा सन्देश उल्लेख छ ।
साथै, क्लवका सदस्यहरुले बिना मास्क बजारमा हिँडेका करिब २०० जना जतिलाई नि:शुल्क मास्क बितरण गरेका क्लवका उपाध्यक्ष शिवहरी तिमल्सिनाले जानकारी दिनुभयो ।
यस अभियानले गोरखा बजारका विभिन्न क्षेत्रमा दशैं अगाडिसम्म यो कार्यक्रम जारी रहने उक्त क्लबले जानकारी दिएको छ ।








































