काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल (सिडेन) का संस्थापक अध्यक्ष एवं नेपाल इञ्जिनियर्स एसोशिएसनका पूर्वअध्यक्ष प्रा ई सरोज देवकोटाको नि’धनप्रति दुःख व्यक्त गरेका छन् ।
काँग्रेसका महासमिति सदस्यसमेत रहेका उनको आज नि’धन भएको हो ।
सभापति देउवाले एक शोक विज्ञप्तिमार्फत देवकोटाको नि’धनको खबरले आफूलाई दुखित बनाएको उल्लेख गर्दै उनको आत्मा’को चीर’शान्तिको कामना र शोक’सन्तप्त परिवारजनमा समवे’दना प्रकट गरेका छन् ।
नेपालमा प्राविधिक शिक्षा विस्तार र सूचना प्रविधिको नीति निर्माणमा देवकोटाले उल्लेखनीय योगदान पु-याएका थिए । उनको नि’धनबाट नेपालको इञ्जिनीयरिङ क्षेत्रमा अपू’रणीय क्षति पुगेको काँग्रेसले जनाएको छ ।








































