Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
६:२२:३२ बेलुका
- ADVERTISEMENT -

‘डा. के सी सँग गरिएको सहमति फेरि उल्लंघन नगरियोस्’ : कांग्रेस

प्रकाशित मिति: २०७७ असोज २५, आइतबार

683
Shares

काठमाडौँ, आइतबार, २५ असोज २०७७ । नेपाली कांग्रेसले आमरण डा. गोविन्द के सी र सरकारबीच भएको सहमतिको स्वागत गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले आइबार एक विज्ञप्ति जारी गर्दै सहमतिको स्वागतका साथै स्वदेश र बिदेशबाट विभिन्न माध्यमबाट, विभिन्न ढंगले केसीको पछिल्लो आन्दोलनमा ऐक्य’वद्धता जनाउने सबैमा बधाई ज्ञापन गरेका हुन् ।

‘आमरण अनशनको २७ दिन पुग्दै गर्दा डा. गोविन्द के.सी. र संघीय सरकार बीच भएको सहमतिलाई नेपाली कांग्रेस स्वागत गर्दछ । स्वदेश र बिदेशबाट विभिन्न माध्यमबाट, विभिन्न ढंगले पछिल्लो आन्दोलनमा सरिक सबैमा बधाई ज्ञापन गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले डा. के सी का मुद्दाप्रति सरकारको रबैया सुरुवातबाटै पूर्वाग्रही रहेको उल्लेख गर्दै नचाहँदा नचाहँदै पनि चौतर्फी दबाबपछि सहमति भएको टिप्पणी गरेको छ ।

‘डा. केसीले अघि सार्नुभएका मुद्दाप्रति वर्तमान सरकारको रवैया शुरुआत देखिनै पूर्वाग्रहपूर्ण थियो । जुम्ला अनशन पछि काठमाडौं आइपुग्दा दुव्र्यवहारपूर्ण ब्यवहार देखि वार्ता नै नगर्ने हठसम्म प्रस्तुत गर्ने सरकार चौतर्फी दबाबपछि अन्ततः वार्ता समिति बनाउंदै सहमतिमा पुगेको छ ।’ विज्ञप्तिमा भनिएको छ ‘सहमतिलाई हामीले सकारात्मक रूपमा लिएका छौं । तर विगतमा सहमति उल्लंघन गरिएको नजीर दृष्टिगत गर्दै खबर’दारी जारी राख्न सबैमा अपील गर्दछौं ।’

यस्तै, कांग्रेसले साउनको सहमति माघमा उल्लंघन भएजस्तो नहोस् भनी खबर’दारी पनि गरेको छ । ‘वर्तमान प्रधानमन्त्री स्वयंको अग्रसरतामा ०७५ साउन १० गते डा. केसीसँग गरिएको सहमति सोही बर्षको माघ महिनामा सरकारले उल्लं’घन गरेको थियो ।

नेपाली कांग्रेसको नेतृत्वमा रहेकोे अघिल्लो सरकारले डा. केसीका मागहरू पुरा गर्दै जारी गरेको अध्यादेश विस्थापित गर्नु र डा. केसीसँगको अघिल्लो सहमति उल्लंघन गर्नुको कारण पछिल्लो द्व’न्द्व सृजना भएको थियो ।’ विज्ञप्तिमा भनिएको छ ‘अतः थप द्व’न्द्व सृजना हुन नदिन २४ असोजको मध्यरातमा गरिएको ८ बुंदे सहमति ईमान्दार ढंगले कार्या’न्वयन गर्दै अघि बढ्न नेपाली कांग्रेस वर्तमान सरकारलाई सजग गराउंदै सार्वजनिक रुपले आग्रह समेत गर्दछ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -