पोखरा, आइतबार, २५ असोज २०७७। गण्डकी प्रदेशमा आज ६२ जना कोरोना सङक्र’मित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्र’मितको सङ्ख्या चार हजार ७५३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।
थपिनेमा बाग्लुङका ३६ , कास्कीका २१ र लमजुङका पाँच जना रहेका छन् । सबै सङ्क्र’मितको आइसोलेशनमा व्यवस्थापन गर्ने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।








































