काठमाडौं, शनिबार, २४ असोज २०७७ । नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्था एवं अस्पतालमा आक’स्मिक र कोभिड-१९ बाहेकका सम्पूर्ण सेवा ब’हिस्कार गर्ने घो’षणा गरेको छ ।
सत्याग्रही डा. गोविन्द के सी को अन’शन २७ दिन पुग्दासम्म पनि सरकारले केवल औपचारिकताका लागि मात्र वार्ता गरेको निष्कर्ष निकाल्दै संघले यस्तो घोषणा गरेको हो । आइतबारसम्म सत्याग्रह अन्त्य नभए थप कडा आन्दो’लन गर्ने संघले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
डा. केसीले ६ बुँदे माग राखेर २९ भदौमा अनसन थालेका थिए । अनसनको २४औं दिन सरकारले वार्ता टोली बनाएपछि बिहीबार र शुक्रबार वार्ता पनि भएको थियो ।
शुक्रबार राति स्थगित भएको सरकार र केसी पक्षको वार्ता त्यसपछि सुरु हुन सकेको छैन ।
शनिबार सरकारी वार्ता टोलीले के सी लाई अनशन तोड्न आग्रह गरेको छ ।








































