Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५४:३७ बिहान
- ADVERTISEMENT -

चल्दैन हुलाक तर, सम्भावना जीवितै

प्रकाशित मिति: २०७७ असोज २४, शनिबार

787
Shares

काठमाडौँ, शनिबार, २४ असोज २०७७ ।

‘धनकुटाको डाँडैडाँडा चल्यो हुलाकी, नि राजै चल्यो हुलाकी
सासूलाई चाबी, सालोलाई जाबी, सालीमाज्यूलाई झम्के बुलाकी । ’


गायिका हीरादेवी वाइबाले मारुनी भाकामा उहिल्यै गाएको यी गीतका गेडामा भनिए जस्तै धनकुटाको डाँडैडाँडा अचेल हुलाकी चल्दैनन् । न त अचेल सालीले नाकैमा झम्के बुलाकी झम्काउँछन् ।

विज्ञान र प्रविधिले दिनहुँजसो नयाँ फड्को मारिरहेको समयमा हुलाकीले बोक्ने चिठीपत्र इमेल, इमो, म्यासेन्जर लगायत आधुनिक विद्युतीय हुलाकीले बोकिरहेका छन् । सहरका विभिन्न ठाउँमा राखिएका पत्र मञ्जूषामा आजकल पत्र खस्दैनन् ।

अड्डा अदालत, सरकारी कार्यालयका चिठीपत्र र पत्रपत्रिका बाहेक हुलाकले व्यक्तिगत पत्र बोक्ने काम कमै पाउन थालेको छ । यद्यपि बदलिँदो परिस्थितिमा त्यो विगतको हुलाकले आधुनिक काँचुली फेर्ने प्रयत्न गरिरहेको छ । त्यसैले त यस वर्षको विश्व हुलाक दिवसमा नारा नै बनेको छ, ‘मोर देन मेल’ ।

संसारभरको हुलाक सेवालाई स्तरीय र सुदृढ बनाउने उद्देश्यले सन् १८७४ अक्टोबर ९ मा विश्व हुलाक सङ्घ स्थापना भएको हो । सोही दिनलाई विश्व हुलाक दिवसका रूपमा विश्वभर मनाइन्छ ।

नेपालले २०१३ सालमा विश्व हुलाक सङ्घको सदस्यता प्राप्त गरेको हो । विक्रम संवत् १९३५ मा नेपाल हुलाक घर स्थापनासँगै नेपालमा हुलाक सेवा प्रारम्भ भएको हो । यसलाई नेपालमा पुरानो सरकारी अड्डाका रूपमा समेत लिइन्छ । किन हो कुन्नि ? कर्मचारीको अरुचिको क्षेत्र बनेको छ अचेल हुलाक । यद्यपि देशभरि तीन हजार ९९४ वटा हुलाक संरचना मार्फत जनताको सेवामा समर्पित हुलाकमा करिब ३० हजार जनशक्ति अझै कार्यरत छन् ।

हुलाक सेवा विभागका महानिर्देशक आभा श्रेष्ठ कर्णले हुलाकसँग रहेको त्यो सङ्गठन संरचना र जनशक्तिलाई सरकारको प्रथम सेवा प्रदायकका रूपमा विकास गर्न सकिने सम्भावना जीवितै रहेको बताउनुभयो ।
उहाँले
त्यसका लागि व्यावसायिक क्षमताको उपयोग र कर्मचारीमा उत्प्रेरणा आवश्यक छ भन्नुभयो ।

राणाकालमा हुलाकीले रात, बिहान, हिउँद, वर्षा, जङ्गल, खोला केही भन्न पाउँदैनथे । रातभर पनि हुलाक चालूू राख्नुपर्ने नियम थियो । रातमा पनि हिँड्नुपर्ने भएकाले हुलाकीले बोक्ने भाला जस्तो लट्ठीमा घन्टी झुन्ड्याइएको हुन्थ्यो ।

छिन्द्रिङ छिन्द्रिङ घन्टी बजाउँदै हुलाकी चलेपछि कसैले रोक्नु छेक्नु राजकाज अपराध नै मानिन्थ्यो । यसको अर्थ हो, द्रुुत सेवा । सूचनाको द्रुुत पहुँच स्थापित गर्ने मान्यता । जुन आज पनि उत्तिकै महìवपूर्ण र सान्दर्भिक छ ।

महानिर्देशक कर्णले हुलाक वस्तु पठाउने र प्राप्त गर्ने दुवै पक्षले छिटो, सुरक्षित र भरपर्दो रूपमा सम्बन्धित स्थानमा आफूले पठाएको वस्तु पुग्नेमा आश्वस्त हुन चाहने बताउनुभयो । उहाँले हुलाक सेवा विभिन्न संस्थाको आपसी सहकार्यको चक्र भएको चर्चा गर्दै उपभोक्ताले चाहेको सुरक्षा र छिटो चाहना प्रत्याभूति गर्नु लोककल्याणकारी राज्यको दायित्वसमेत हो भन्नुभयो ।

नेपाल सरकारको १५औँ योजना तथा चालूू आर्थिक वर्षको नीति, बजेट तथा कार्यक्रममा हुलाक सेवालाई पुनर्संरचना र सुधार गर्ने उल्लेख गरेको छ । हुलाक सेवा विभागका अनुसार हुलाक सेवाले पुलिन्दा, हुलाक बचत बैङ्क, धनादेश सेवा, ईएमएस लगायत सेवा सञ्चालन गरेको छ ।
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङका अनुसार हुलाक सेवाको विश्वसनीयता र विविधीकरण गर्न अत्यन्त आवश्यक छ । सेवाको मापदण्ड बनाई सेवा समयमा प्रदान गर्ने क्षतिपूर्ति सहितको प्रत्याभूति दिन आवश्यक छ ।

त्यसो गर्दा नेपाली निजी ‘कुरियर’ सेवाको त्यति विकास नभइसकेको अवस्थामा हुलाक सेवाले प्रशस्त फाइदा लिन सक्छ । त्यसका लागि प्राधिकरण ढाँचामा जानुपर्ने सुझाव
उहाँको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले हुलाक प्रशासन भरपर्दो, विश्वसनीय र सुलभ बनाउनुपर्नेमा जोड दिँदै हुलाक सेवालाई आधुनिकीकरण गर्नेतर्फ कार्य अघि बढिसकेको बताउनुभयो । गोरखापत्र

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -