बुटवल, शुक्रबार, २३ असोज २०७७ । लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई रुघाखोकी लागेर स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गर्दा कोरोना पोजे’टिभ देखिएको हो ।
आज शुक्रबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा इमरजेन्सी एक्सपर्ट टेस्टबाट गरिएको परीक्षणमा उनमा कोरोना पोजे’टिभ देखिएको हो । गत मंगलबारमात्रै प्रदेश सभा बैठकमा सहभागी भएका थिए ।
बैठकमा मुख्यमन्त्री शंकर पोखरेल लगायत सरकारका मन्त्रीहरु, सभामुख, उपसभामुख, प्रदेशसभा सदस्य, कर्मचारी, सुरक्षाकर्मी तथा पत्रकारसमेत बैठकमा सहभागी थिए ।
जसका कारण संक्र’मण अन्य संसदमा पनि भएको हुन सक्ने आशंका उत्पन्न भएको छ ।








































