काठमाडौँ, शुक्रबार, २३ असोज २०७७ । सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को महाप्रवन्धकमा डिमप्रकाश पौडेललाई नियुक्त गरेको छ ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई महाप्रबन्धक बनाउने निर्णय गरेको हो । उनी निगम सञ्चालक समितिका सदस्य रहेका छन् ।
पेशाले चार्टड एकाउन्टेन्ट पौडेल तत्कालीन एमालेका प्रचार विभाग सदस्य थिए ।








































