गोरखा, बिहिबार, २२ असोज २०७७ । गोरखाको आरुघाट गाउँपालिका वडा न २ मान्बुमा अवस्थित श्री भवानी माध्यमिक विधालयमा उच्च सतर्कताको साथ सहजीकरण सिकाई सुरु भएको छ ।

कोरोनाको प्रभावले करिब ६ महिनादेखि बन्दाबन्दी रहेको उक्त स्कुल गत सोमबारदेखि सुचारुमा आएको हो ।
सरकारले सबै स्तरका विधालयदेखि परिक्षा संचालनका लागि अनुमति दिएसंगै विधालयहरु धमाधम खुल्न थालेका हुन ।

भवानी स्कुलमा कक्षा १ देखि १२ सम्म पठनपाठन हुदै आएको छ । एउटा बेन्चमा २ जनालाई राखेर सहजीकरण कक्ष गराइएको छ । स्वास्थ्य मापदण्डलाई पुर्ण रुपमा पालना गर्दै विद्यालय खोलिएको विद्यालयका प्राध्यापक काजी कार्कीले जानकारी दिनुभयो ।








































