Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०१:५६ बिहान
- ADVERTISEMENT -

“अहिले मन्त्रिमण्डल भागबण्डाबारे होइन, संकटबारे छलफल गर्नुस्,” नता थापा

प्रकाशित मिति: २०७७ असोज २२, बिहीबार

640
Shares

काठमाडौं, बिहिबार, २२ असोज २०७७ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिमण्डल भागबण्डा छाडेर संकटका बारेमा छलफल गर्न सुझाएका छन् ।

कोरोना भाइरसको संक्रमण देखिएका नेता थापाले बिहीबार बेलुकी होम आइसोलेसनबाटै प्रधानमन्त्री ओलीलाई मन्त्रिमण्डल भागबण्डा छाडेर संकटका बारेमा छलफल गर्न सुझाएका हुन् ।

देशमा दिनानुदिन कोरोनाको महामारी बढ्दै जाँदा पनि प्रधानमन्त्रीको प्राथमिकतामा महामारी नपरेको उनको आरोप छ ।

“योबेला पनि तपाईंको प्राथमिकतामा महामारी छैन । अहिले मन्त्रिमण्डल भागबण्डाबारे होइन, संकटबारे छलफल गर्नुस्,” थापाले फेसबुकमार्फत ओलीलाई सुझाव दिएका छन्, “बेहोस भएमात्र अस्पताल जाऊ भन्ने विज्ञ होइन, वास्तविक विज्ञ र अग्रपंक्तिमा खटिएकाका कुरा सुन्नुस् । कोभिड विरुद्धको लडाइँमा तपाईंलाई साथ दिन चाहान्छौं तर केही त गर्नुस् प्रमज्यू !”

देशमा अहिले सिर्जना भएको अवस्था आउन नदिन पूर्वतयारीका लागि पटकपटक सरकारलाई आग्रह गरेको स्मरण गर्दै उनले प्रधानमन्त्री ओलीकै कारण अहिलेको अवस्था सिर्जना भएको दाबीसमेत गरेका छन् ।

“यो अवस्था आउन नदिन पूर्व तयारी गरौं, यसरी गर्न सकिन्छ भनेर प्रधानमन्त्रीज्यूलाई पटकपटक नभनेको होइन तर प्रमलाई यस्तो कुरा सोच्ने फुर्सद भएन,” उनले लेखेका छन्, “समय, स्रोत, सहयोग सबै थियो तर तपाईँको सोच र शैलीको कारण जटिल अवस्थामा पुगेका छौं । टार्न सकिने अवस्थाबाट चिर्नै नसक्ने जस्तो अवस्थामा पुगेका छौं ।”

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -