Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:४४:११ बिहान
- ADVERTISEMENT -

धरहरा निर्माण कार्यको १६ औं तलाको ढलान सकियो

प्रकाशित मिति: २०७७ असोज २२, बिहीबार

1539
Shares

काठमाडौं, बिहिबार, २२ असोज २०७७ । धरहरा निर्माण कार्यको १६ औं तलाको ढलान सकिएको छ । पुन:र्निमाण भईरहेको धरहराको १६ औं तलाको ढलानको काम सम्पन्न भएको हो । पुन:र्निमाण प्राधिकरणले जनाएअनुसार अब ६ वटा तलाको मात्रै ढलान गर्न बाँकी छ ।

प्राधिकरणका अनुसार ६ तलाको ढलान र टावरको प्लाष्टर, धरहरा परिसर घेर्ने पर्खाल र पार्किङ क्षेत्रको काम पनि अहिले सँगसँगै चलिरहेको छ । कुनै समस्या नआए आगामी ३ महिनाभित्र ढलानका सबै काम सकिसक्ने प्राधिकरणको लक्ष्य छ ।

धरहराको पुननिर्माण २०७५ असोज २० देखि भएको थियो । यसको पुननिर्माणको जिम्मा रमन कन्सट्रक्सनले अनुमानित लागत ३ अर्ब ४८ करोड रुपैयाँमा लिएको छ ।

भीमसेन थापाले वि.सं. १८८२ मा निर्माण गरेको ११ तले धरहरा वि.सं. १९९० मा आएको भूकम्पमा क्षतिग्रस्त बन्न पुगेको थियो । त्यससमय धरहरा ११ तलाबाट ९ तलामा सीमित भएको थियो ।

त्यसपश्चात २०७२ वैशाख १२ मा आएको विनाशकारी भूकम्पले धरहरा पूर्णं क्षतिग्रस्त बन्न पुग्यो । पूर्णं क्षति भएपश्चात सरकारले पुर्ननिर्माणको काम अगाडि बढाएको हो ।

यसपटक बन्ने नयाँ धरहरा भित्रबाट २२ तला र बाहिरबाट देख्दा ११ तलाको हुनेछ । धरहरा भिमसेन थापाले बनाएजस्तै देखिनेछ । साथै नयाँ बन्ने धरहरा भूकम्पप्रतिरोधात्मक पनि हुनेछ ।

धरहरामा पहिलो जस्तै भर्यांगसँगै लिफ्टको व्यवस्था पनि हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -