सुर्खेत, बुधबार, २१ असोज २०७७ । जाजरकोटको जुनिचाँदे गाउँपालिकामा जिप दु’र्घटना हुँदा वडाध्यक्षसहित ५ जनाको मृ’त्यु भएको छ ।
जिल्ला सदरमुखकाम खलंगाबाट जुनिचाँदे जाँदै गरेको भे १ ज ९३५ नम्बरको जिप बुधबार जुनिचाँदे गाउँपालिका-१ औलखोलामा दु’र्घटना भएको हाे । जिप सडकबाट करिब ५०० मिटर तल खोलामा खसेको प्रहरीले जनाएकाे छ ।
दु’र्घटनामा ५ जनाको घट’नास्थलमै मृत्यु भएको छ भने दुईजना बे’पत्ता रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएकाे छ ।
मृ’त्यु हुनेमा जुनिचाँदे गाउँपालिका-११ का अध्यक्ष अमरबहादुर शाही, सोही गाउँपालिका वडानम्बर ११ का कृतिबहादुर शाही, खेमबहादुर शाही, वडानम्बर ५ का मालिका बस्नेत र कृष्णबहादुर शाही रहेका छन् । बे’पत्ता भएका अन्य दुईजनाको खोजी भइरहेको प्रहरीले जनाएकाे छ ।








































