काठमाडौँ, मंगलबार, २० असोज २०७७ । नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजिब ढुंगानालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
राजिब ढुंगानाले आफूलाई कोरोना संक्रमण देखिएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।
सामाजिक सञ्जालमार्फत आफ्नो सम्पर्कमा आएकाहरूलाई पनि सतर्कता अपनाउन भनेका छन् ।








































