कपिलवस्तु, मंगलबार, २० असोज २०७७ । डा. गोबिन्द के सी को जीवन रक्षाको माग गर्दै कपिलवस्तुका युवा पछिल्लो ९औं दिनदेखि प्रदर्शनमा रहेका छन् ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाको जितपुर चौंकमा डा.गोविन्द के सी को जीवन रक्षाको माग गर्दै युवाहरुको धर्ना दिन थालेको आज ९औं दिन पुरा भएको छ ।
चिकित्सा क्षेत्रमा सर्वसाधारणको पहुँच र सुधारको माग गर्दै आमरण अनशनरत डा. गोविन्द के सी को जीवन रक्षाको माग गर्दै युवाहरुले रिले अनशन धर्ना तथा हस्ताक्षर संकलन गरिरहेका छन । डा.गोविन्द के सी समर्थन समूहको आयोजनामा जिल्लाको वाणगंगा नगरपालिकाको जितपुर चौकमा बिगतका ९ दिन देखि करिब १२ घण्टा शान्तिपूर्वक धर्ना तथा प्रदर्शन गरिरहेका छन ।
सरकारले डा. के सी को जीवन रक्षाको ग्यारेन्टी तथा माग सम्बोधन नगर्दासम्म धर्ना तथा प्रदर्शन कार्यक्रम दैनिक रुपमा संचालन गरिने आन्दोलनरत मध्यका युवा गौरव पौडेलले बताउनु भयो । यदि तत्काल सरकारले माग पूरा नगरे आफुहरु आन्दोलनमा उत्रीन तयार रहेको भन्दै युवा अभियानता चन्द्रकान्त पोख्रेलले आक्रोश समेत पोखेका छन् ।
कार्यक्रम मार्फत संकलन गरिएको हस्ताक्षर भोलि नै जिल्ल प्रशासन मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यलय पुराउने तयारीमा रहेको कार्यक्रम संयोजक दिवस राज पौडेलले जानकारी दिनु भयो ।
अनशनरत डा. के सी को अवस्था दिनप्रतिदिन बिग्रिदै गएको भन्दै युवा विद्यार्थीले चिन्ता व्यक्त गरेका छन् ।








































