Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:२०:५३ राति
- ADVERTISEMENT -

विद्यार्थीलाई सफा पानीले आँखा धुन र बीसबीस मिनेटमा आराम लिन आग्रह

प्रकाशित मिति: २०७७ असोज २०, मंगलबार

553
Shares

काठमाडौं, मंगलबार, २० असोज २०७७ । पछिल्लो २४ घण्टामा थप दुई हजार ४४० जनामा कोभिड –१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो समय देशभरका विभिन्न प्रयोगशालामा १३ हजार ७८१ नमुना परीक्षण गर्दा ९३७ महिला र एक हजार ५०३ पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिए ।

हाल देशभरमा सक्रिय संक्रमितको संख्या २३ हजार ५०७ छ । यससँगै कुल संक्रमितको सङ्ख्या ८९ हजार २६३ पुगेको छ । आज ११ हजार १९९ व्यक्ति कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको सङ्ख्या ६५ हजार २०२ छ । नेपालमा जम्मा संक्रमितमध्ये निको हुने ७३ प्रतिशत पुगेका छन् ।

सङ्क्रमितमध्ये १२ हजार ३१६ होम आइसोलेशनमा र ११ हजार १९१ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २४४ जनाको सघन उपचार कक्ष र ४३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । हालसम्म दश लाख ७८ हजार २२९ नमूना परीक्षण भइसकेको छ । हाल देशभरमा क्वारेन्टाइनमा रहनेको संख्या चार हजार ३३ छ ।

प्रदेशअनुसार संस्थागत आइसोलेसनमा सक्रिय संक्रमित क्रमशः १ मा ९०५, २ मा ६४२ , वाग्मतीमा आठ हजार २९६, गण्डकीमा ५०६, ५ मा ८६३, कर्णालीमा ३६८ र सुदूरपश्चिममा २२१ छन् । त्यस्तै होम आइसोलेसनमा प्रदेश १ मा एक हजार ७५१, २ मा ४७६, वाग्मतीमा सात हजार ५३२ , गण्डकीमा ५६२, ५ मा १२५६, कर्णालीमा २६५ र सुदूरपश्चिममा ४२१ छन् ।

आजसम्म पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लामा सुनसरी, सिरहा, चितवन, ललितपुर, काठमाडौँ, भक्तपुर, रुपन्देही र मोरङ छन् । त्यस्तै हाल संक्रमितको सङ्ख्या शून्य रहेका जिल्लामा मनाङ, मुस्ताङ, डोल्पा र रुकुम(पूर्व) छन् ।

काठमाडौं उपत्यकाका आज एकैदिन एक हजार ५३१ सङ्क्रमित थपिएका छन् जसमध्ये काठमाडौंका एक हजार १७८, ललितपुरका २५० र भक्तपुरका १०३ जना छन् ।

थप १९ को मृत्यु
नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ५५४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाभाइसबाट थप १९ जनाको मृत्यु भएसँगै हालसम्म मृतकको कुल सङ्ख्या ५५४ पुगेको हो ।
प्रवक्ता डा गौतमले चाडबाडका समय नजीक आएकाले भाइरस थप फैलन सक्ने हुँदा जहाँ हो सोही स्थानमा बसी मनाउन र फोनबाट आशीर्वाद लिनदिन सबैलाई अनुरोध गरेका छन् ।

भाइरस संक्रमितको संख्या हरेक दिन बढे पनि बजारमा सामान्य रुपमा झैँ चहलपहल बढेकाले अनावश्यक काममा भीडभाड नगर्न मन्त्रालयले आग्रह गरेको छ । दृष्टि विशेषज्ञ सङ्घका प्रवक्ता दीपककुमार झाले अनलाइन कक्षा सञ्चालन गर्दा आँखामा तत्कालीन र दीर्घकालीन रुपमा असर पार्ने भएकाले दिनमा कम्तीमा दुई पटक सफा पानीले आँखा धुन र हरेक बीस मिनेटमा अनलाइन कक्षाबाट केही समय आराम लिन शिक्षकविद्यार्थीलाई सुझाव दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -