काठमाडौँ, मंगलबार, २० असोज २०७७ । बहराइनका राजकुमारकाे टाेलीले आज मङ्गलबारदेखि गोरखाको मनास्लु यात्रा सुरु गर्ने भएका छन् । नेपालमा सन् २०२० कै पहिलो हिमाल आरोहण अन्तर्गत सोलुखुम्बुको लुबुचे हिमाल आरोहण गरेर फर्किएको आरोहण टोली आअज मङ्गलबार गोरखाको मनास्लु हिमाल आरोहणका लागि जाने भएको छ ।
बहराइनका राजकुमार नासिर बीन हमदसहितको टोली मनास्लुतर्फ जान लागेको पर्यटन विभागले जनाएको छ । यो टोलीले गएको शनिबार छ हजार एक सय १९ मिटर अग्लो लुबुचे हिमाल आरोहण गरेको थियो ।
आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि त्यहाँ बाटो बनाउने काम भइरहेको र टोलीले मङ्गलबार त्यहाँको यात्रा सुरु गर्ने आरोहणको संयोजन गरिरहेको सेभेन समिट ट्रेक प्रालीले जनाएको छ ।
कोरोना महामारीले ठप्प भएको पर्वतीय पर्यटनका लागि विश्वमा सन्देश लैजान यो टोलीको आरोहण महत्त्वपूर्ण रहने पर्यटन व्यवसायीहरुले बताएका छन् ।








































